एनआरएनए साउदीले भन्यो-नेपाली १० हजार भाडामा पनि फर्किन सक्दैनन्

३१ जेठ ७७, आइतबार

योगेन्द्र योगी
३१ जेठ, दोहा ।
नेपाल सरकारले साउदीबाट कोरोना भाइरस (कोभिड(१९) को कारण समस्यामा परेका नेपालीहरुको उद्दारको लागि तोकेको हवाई भाडादर प्रति साउदीमा क्रियाशील तीन संस्थाहरु गैर आवासीय नेपाली संघ , मोरङ सुनसरी सेवा समाज र नेपाली हातेमालो सेवा समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली सरकारले दोश्रो पटक तोकेको भाडादर पनि महँगो भएको भन्दै बिज्ञप्ति मार्फत सरकारलाई ध्यानाकर्षण हराएको एनआरनएन मध्यपुर्व उपसंयोजक राजेन्द्र अर्यालले जानकारी दिएका छन् ।

सरकारले दोश्रो पटक तोकेको भाडादर साउदीको दमामबाट ५३० बाट घटाएर ४३० डलर, रियादबाट ५६५ बाट घटाएर ४६५ डलर र जेद्दाबाट ६९० बाट घटाएर ५९० डलर कायम गरेको छ ।

Advertisement

क्रियाशील तीन संस्थाहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै नेपाल सरकारले बैदेशिक रोजगारीका लागि विदेशीएका नेपालीहरुलाई बर्तमान कोरोनाको कारण आईपरेको विश्वव्यापि संकटमा विदेशमा भएका नेपालीहरुलाई उद्दारको नाउमा चर्को जहाज भाडा तोकेको र उक्त भाडा तत्काल घटाउनु पर्ने माग गरिएको एनआरएनए साउदीका अध्यक्ष तेज थापाले बताए ।

Advertisement

कल्याणकारी कोषमा करिब ६ अर्ब भन्दा बढी रुपियाँ थन्किएर बसेको भन्दै यो विषम परिस्थतिमा उक्त कोषको उपयोग गरि उक्त कोषको संचालन ऐनमा उल्लेख भएको ब्यबस्था अनुसार बिदेशमा महामारीको अबस्थामा उद्दारकोषलाई प्रयोग गर्नु पर्नेमा सरकारसंग जोडदार माग गरेका छन् ।

अध्यक्ष थापाका अनुसार भाडा दर घटाउने मात्र नभई साउदी अरबको हकमा धेरै नेपालीले आफ्नो टिकट किन्ने अवस्थामा नरहेको र अहिलेसम्म एनआरएनएले खाने बस्ने व्यवस्था गरेका ३४१ जना नेपालीहरुको अवस्था र तिनै मध्य केहि नेपालीलाई १०० डलर अर्थात १२ हजार नेपाली रूपैँया भाडा तोक्दा पनि स्वदेश फर्कने अवस्था नरहेको बताए ।

साउदी अरबमा १५ हजार भन्दा बढि अवैधानिक रुपमा नेपाली कामदारहरु रहेका कारण तिनिहरुलाई स्वदेश फिर्तीका लागि नेपाल सरकार र साउदीमा रहेका नियोगहरुले कुटनितिक पहल गर्नु पर्ने एनआरएनए मध्यपुर्व उपसंयोजक अर्यालले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top