×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

आन्तरिक परीक्षा नै एसईईको मूल्याङ्कन आधार

३२ जेष्ठ २०७७

काठमाडौँ: माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न विद्यालयले लिएको आन्तरिक परीक्षालाई नै आधार मान्नु न्यायोचित हुने सरोकारवालाले सुझाव दिएका छन् । सरकारले एसईईका विद्यार्थीको मूल्याङ्कन विद्यालयले गर्ने निर्णय गर्दै त्यसको कार्यविधि निर्माणको तयारी सुरु भएका बेला निजी शिक्षा सञ्चालकबाट यस्तो सुझाव दिइएको हो ।, याे खबर गाेरखापत्र दैनिकमा छ ।

विद्यालयले फेरि लिखित या भर्चुअल परीक्षा लिन सम्भव र व्यावहारिक नभएको अवस्थामा यसअघि लिएका परीक्षाका आधारमा विद्यार्थीको मूल्याङकन गरिनु नै सान्दर्भिक हुने सुझाइएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीका पुरीले विद्यालयले आफ्ना विद्यार्थीको मूल्याङ्कन गर्ने विषयलाई अतिरञ्जित बनाउने र दुरुपयोग गर्न नहुने बताउनुभयो । यो बेला शिक्षक, विद्यालय र प्रधानाध्यापकको समेत परीक्षा हुने समय आएको उहाँको भनाइ छ ।

Advertisement
Advertisement

केही विद्यालयले परीक्षा लिने केहीले नलिने गर्नुभन्दा कक्षा १० को यसअघि सञ्चालित परीक्षाकै आधारमा अन्तिम निर्णय दिनुपर्ने उहाँको भनाइ छ । धेरै विद्यालयले कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई प्रथम, दोस्रो र अन्तिम गरी तीन पटक परीक्षा लिने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिकाले भने मातहतका विद्यालयलाई कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई चार पटक परीक्षा लिन निर्देशन गरेको थियो । आफूहरूले धेरै पहिलेदेखि विद्यार्थीको मूल्याङ्कन गर्ने जिम्मा विद्यालयलाई दिन माग गर्दै आएको स्पष्ट गर्दै प्याब्सन अध्यक्ष पुरीले यो जिम्मेवारी पूरा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

Advertisement
Advertisement

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले विद्यार्थीको आन्तरिक मूल्याङ्कनमा प्रधानाध्यापक हावी हुन सक्ने खतरा औँल्याउँदै त्यसमा विचार पु¥याउनुपर्ने अवस्था रहेको बताउनुभयो । विषय शिक्षकलाई नै विद्यार्थीको मूल्याङ्कन गर्ने अधिकार दिनुपर्ने उहाँको भनाइ छ । विशेष अवस्थाका कारण यस पटक विद्यालय तथा शिक्षकले पाएको जिम्मेवारी सदुपयोग गर्नुपर्ने सापकोटाको भनाइ छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top