१ जेठ, काठमाडौँ ।
नेपाल सुपर लिग (एनएसएल)को पहिलो संस्करणको उपाधिका लागि आज धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।
दुबै टिम उपाधि हात पार्ने योजनामा मैदान उत्रनेछन् । धनगढीको नेतृत्व कप्तान तथा टोलीका गोलरक्षक किरण कुमार लिम्बुले गर्नेछन् भने काठमाडौँको कप्तानी गोलरक्षक विकेश कुथुले गर्नेछन् ।
काठमाडौं र धनगढीबीच पहिलो संस्करणमा नै तेस्रो पटक भिडन्त हुन लागेको हो । यसअघि दुवै खेलमा धनगढी विजयी भएको थियो ।
प्रतियोगिताको विजेताले नगद ३५ लाख रुपैयाँ पुरस्कार पाउने छन् भने उपविजेता टोलीले १५ लाख रुपैयाँ ।
एनएलएलका हरेक विधा उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड र उदियमान खेलाडीले समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।