विराटनगर,असार १
देशमै शिक्षा क्षेत्रमा अग्रणी रहेको एभरेष्ट एजुकेशन फाउण्डेशनले ५० करोड लगानीमा सुविधा सम्पन्न कलेज निर्माण गर्ने भएको छ ।
बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले ३ विगाहा क्षेत्रफलमा स्नातकोत्तर सम्मको अध्ययनका लागि अन्तराष्ट्रिय स्तरको संरचना निर्माण शुरु गरेको जानकारी दिएको हो ।
फाउण्डेशनले अहिले एभरेष्ट माध्यमिक विद्यालय र कक्षा ११ र १२ संचालन गर्दै आएको छ । विद्यालयका प्रचार्य टिकाराम पुरीले स्पोर्टस् भिलेज, स्वीमिङ पुल, हरेक कक्षा कोठा वातानुकुलित बनाउने, सात सय अटाउने गरी सभाहल, उत्कृष्ट चमेना गृह, आधुनिक प्रयोगशाला बनाउने गरीको योजना ल्याएको बताए ।
तिन बर्षमा निर्माण पुरा गर्ने लक्ष्य रहेको भन्दै प्राचार्य पुरीले यो संरचनाले प्रदेश नं. एकको गरिमा बढाउने बताए । स्थापनको २५ बर्ष पुरा गरी यस बर्ष रजत जयन्ती मनाउने तयारी गरेको विद्यालयले आइटीलाई प्राथमिकतामा राखेर पिजि टु पिजि अर्थात प्ले ग्रुप देखि पोष्ट ग्राजुएसन सम्मको गुणस्तरीय शिक्षाका लागि लगानी गरेको समेत प्राचार्य पुरीले बताए ।
अघिल्लो वर्ष कक्षा १२ मा १ सय ११ जना विद्यार्थीले दिएको परीक्षामा १ सय ९ जना विद्यार्थी उत्तिण भइ ९८ दशवलप १९ प्रतिशत ल्याएको पुरीले जानकारी दिए । एभरेष्टमा प्लटुतर्फ विज्ञान र व्यवस्थापन संकाय पठनपाठन हुँदै आएको छ ।










