एमाले र माओवादी केन्द्रबीच पार्टी एकता चैतको पहिलो हप्ता

९ फागुन ७४, बिहीबार

कठमाडौं, फागुन १०
एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा चैतको पहिलो हप्ताभित्र हुनेगरी तयारी गरिएको छ । आज पार्टी एकतासम्बन्धि दस्ताबेज तयार पार्न गठन गरिएको २ वटा कार्यदलको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चैतको पहिलो हप्ताभित्र पार्टी एकीकरण हुनेगरी प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चैतको पहिलो हप्ताभित्र पार्टी एकताको घोषणा हुने गरी तयारी गर्ने निर्णय लिइएको पार्टीको आन्तरिक विधान बनाउन गठित कार्य दलका सदस्य एवम् एमाले सचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।

बैठकले कार्य दललाई १५ दिनभित्र आफ्नो प्रतिवेदन पार्टी एकता संयोजन समितिमा पेश गर्न पनि निर्देशन दिएको छ । पार्टीको संगठन र विधान बनाउन गठित कार्य दललाई १५ दिन भित्र आफ्नो प्रतिवेदन पार्टी एकता संयोजन समितिको बैठकमा बुझाउन दुवै दलका शीर्ष नेतृत्वले निर्देशन दिएको माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Advertisement

पार्टी एकीकरणको आधार तयार पार्ने क्रममा गत फागुन ७ गते बसेको २ दलको बैठकले पार्टीको संगठन र विधान बनाउन दुवै दल सम्मिलित २ वटा कार्यदल गठन गरेको थियो ।

बैठकमा मन्त्रीपरिषद विस्तारका विषयले भने प्रवेश पाएन । दुई दलले मन्त्रीपरिषद विस्तार गर्ने जिम्मेवारी प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई दिएकाले त्यस विषयमा छलफल नगरिएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top