काठमाडौं, फागुन १०
सत्तारुढ नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले भोलीसम्ममा मन्त्रीपरिषद बिस्तार हुने बताएका छन् । नेता बस्नेतले मन्त्रीपरिषद विस्तारको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको पनि स्पष्ट पारे ।
उनले ओली नेतृत्वको सरकारको ५ वर्षे कार्यकाल समृद्धिको कार्यकाल हुने दावी समेत गरे । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता बस्नेतले नयाँ सरकारले मुलुकमा स्थिरता र सुशासन कायम गर्ने तथा आम्दानीका नयाँ–नयाँ स्रोतको खोजी गर्ने योजना पनि अघि सारे ।
नेता बस्नेतले सरकारले आर्थिक समृद्धिका लागि कृषि, पर्यटन र जलस्रोत क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिने विश्वास व्यक्त गरे ।