२४ जेष्ठ, मोरङ ।
एम्बुलेन्सको ठक्करबाट सुनसरीको बर्जु गाँउपालिकाका एक युवकको मृत्यू भएको छ ।
सुनसरी बर्जु १४ का ४० बर्षीय मनोज कुमार माझीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको हो ।
शुक्रबार बेलुका ०८ बजे मोरङ बुढीगंगा गोकुवा चोक राजमार्गमा को २ च २८८२ नम्बरको ऐम्बुलेन्सले साईकल यात्री माझीलाई ठक्कर दिदा गम्भीर घाईते भएकोमा बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा उनको पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक प्रेम राजबंशी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।