एशिया कप छनोटका लागि अभ्यास गर्न नेपाली क्रिकेट टिम श्रीलंका जाने

काठमाडौं, भदौ १
नेपाल क्रिकेटले पछिल्लो पटक जुन किसिमले फड्को मारेको छ त्यो निकै लोभलाग्दो छ । चार बर्षका लागि एकदिवसिय मान्यता पाउनु, पहिलो एकदिवसिय सिरीजमा जित निकालेर सुखद सुरुवात गर्नु, यी घटनाहरु नेपाली क्रिकेटको सुखद सुरुवातको उदाहरण हुन । फेरी एकपटक नेपाली क्रिकेटका लागि अर्को ठुलो अवसर आएको छ, त्यो हो एशिया कप खेल्नु । तर एशिया कपको यात्रामा नेपाललाई जति धरै मौका छन त्यती नै चुनौती पनि ।

नेदरल्याण्ड्समा भएको एकदिवसिय श्रृखंलापछि केहि समयको ग्यापपछि नेपाली क्रिकेट टिमले एशिया कप छनोटको तयारीमा छ । उच्च आत्मबल बोकेको नेपाली टिमका लागि एशिया कपको तयारी समयका हिसावले छोटो भएपछि पछिल्लो केहि महिना देखि नियमीत क्रिकेट खेलिरहेकाले प्रयाप्त पनि देखिएको छ । अगष्ट २८ मा मलेसियामा हुने एशिया कप छनोट नेपालका लागि त्यति सजिलो भने छैन ।

नेपाल, मलेसिया, ओमन, सिंगापुर, युएई र हङकङ यो प्रतियोगितामा भिड्दैछन । जसमा सबै टिमले एक अर्कालाई निकै राम्रोसँग पहिचान गरेका छन । त्यसमा पनि नेपालका लागि युएई, हङकङ र ओमान बलियो प्रतिद्धन्द्धीका रुपमा लिइएको छ । किनकी नेपालले पछिल्लो समय यी टिमसँग खल्लो नतिजा हात पार्नुपरेको थियो ।

Advertisement

नेपालले एक साता नेपालमा अभ्यास गरेपछि बैदेशिक प्रशिक्षणमा श्रीलंका जानेछ । जहाँ नेपालले तीन वटा अभ्यास खेल खेल्ने योजना बनाएको छ । यो प्रतियोगिताका लागि नेपालले १९ खेलाडीको घोषणा गरिसकेको छ भने अबको दुई दिनमा अन्तिम १५ जनाको सुचि निकाल्नेछ । तर यसपटक नेपाली टिममा अनुभवी खेलाडी शरद भेषावकर र शक्ति गौचनको अनुपस्थिती केहि हतसम्म खड्कीन सक्नेछ ।

यदि नेपालले छनोट चरणमा विजयी भएमा पाकिस्तान र भारतसँगको समुहमा पर्नेछ । जुन नेपाली खेलाडीका लागि टेष्ट मान्यता देशको सिनियर टिम विरुद्ध खेल्न पाउनु आफैमा पनि ठुलो मौका हुनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top