विराटनगर, चैत १७
विराटनगरको जलजला चौकमा रहेको ‘ए टु जेड मोबाईल केयर’ ले एसईई दिने विद्यार्थीहरुलाई लक्षित गरी विशेष अफर ल्याएको छ ।
मोबाईल केयरले जुनसुकै मोबाईल खरिद गर्ने एसईई परीक्षार्थीलाई लक्की ड्र मार्फत ३२ इन्चको एलईडी टिभी जित्ने सुनौलो अवसर ल्याएको हो । लक्की ड्र आइतबारबाट सुरु भईसकेको र बैशाख २ गतेसम्म लागू हुने ए टु जेड मोबाईल केयरका सन्चालक जगदीश डागाले बताए ।
लक्की ड्रको अन्तिम नतिजा बैशाख २ गते नै सार्वजनिक गरिने पनि उनले जानकारी दिए । मोबाईल केयरले एसईई परीक्षार्थी बाहेक अन्य ग्राहकहरुलाई पनि विशेष छुट दिईरहेको छ । सो मोबाईल केयरले सामसुङ, ओप्पो, लाभा, भिभो, एमआई लगायत सबै ब्राण्डका मोबाईलहरुको कारोबार गर्दे आएको छ ।