‘ए मेरो हजुर ३’को पहिलो गीत सार्वजनिक, सुहायो अनमोल र सुहानाको केमेस्ट्री ? (भिडियो)

१ चैत ७५, शनिबार

काठमाडौँ,चैत १
बर्षको प्रतिक्षित चलचित्र मानिएको ‘ए मेरो हजुर ३’को पहिलो गीत सार्वजनिक भएको छ । नेपाल लगायत अमेरिकाको रमणिय स्थानमा छायाँकन गरिएको ‘जिन्दगी नै भन्दिन’ बोलको गित शुक्रबार सार्वजनिक भएको हो ।

गितको भिडियोमा चलचित्रका मुख्य नायक अनमोल केसी र नव नायिका सुहाना थापाको केमेष्ट्रि देख्न सकिन्छ । भिडियोमा आर्कषक दृश्यको साथमा यो जोडीलाई पनि निकै राम्रो देखिएको छ । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

गीतमा गायक सुगम पोखरेल र प्रविशा अधिकारीको मुख्य भूमिका रहेको छ ।गीतमा एकनारायण भण्डारीको शब्द र आकाश अविरलको संगीत रहेको छ । झरना थापाको निर्देशन तयार भएको चलचित्रमा अनमोल र सुहानाको साथमा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ। सुनिल कुमार थापा निर्माता रहेको चलचित्र चैत्र २९ गतेबाट रिलिज हुदैछ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top