ओमान : भिजिट लगायत विभिन्न भिसा वाहकलाई पनि ‘वर्क पर्मिट’ दिने

२३ जेठ, काठमाडौं ।

अब ओमान प्रवेश गर्ने विदेशी नागरिकले त्यहाँ काम गर्न पाउने भएका छन् । ओमानले पछिल्लो समय आफ्नो भिसा सम्बन्धी नियममा परिवर्तन गर्दै भिजिट लगायत विभिन्न भिसा वाहकलाई पनि वर्क पर्मिट दिने जनाएको छ ।

रोयल ओमान प्रहरीको भनाइलाई उद्धृत गर्दै खलिज टाइमले लेखेको छ, ‘अब ओमान प्रवेश गर्ने विदेशी नागरिकले आफ्नो भिसालाई कामदार भिसामा ढाल्न सक्नेछन् ।’

त्यहाँको सीमा प्रहरीले जारी गरेको नयाँ संशोधित आप्रवासी आवास सम्बन्धी कानुनले ओमानमा सजिलै कामदार भिसा लिन बाटो खुलेको हो ।

गल्फ कोअप्रेशन काउन्सिल (जीसीसी) भिसा, विद्यार्थी भिसा, लगानीकर्ता भिसा, व्यापारिक भिसा, टुरिस्ट भिसा, एक्स्प्रेस भिसा तथा आफन्त तथा साथीभाइ भेट्न लिएको भिसा वाहकले वर्क पर्मिटको लागि आवेदन दिन सक्नेछन् ।

यसरी आफ्नो भिसालाई स्थायी वा अस्थायी कामदार भिसामा परिणत गर्न सकिनेछ । योसँगै ओमान प्रवेश गर्ने विदेशी नागरिकलाई त्यहाँ रोजगारीमा संलग्न हुन सजिलो हुने बताइएको छ ।

कोरोनाका कारण ओमानमा रोजगारीको समस्या खेपिरहेका विदेशी नागरिकको लागि भन्दै ओमानले भिसा सम्बन्धी आफ्नो कानुनमा परिमार्जन गरेको हो ।

कोरोना संक्रमणको बढ्दो जोखिमसँगै ओमानले मे को पहिलो हप्तादेखि भिसा जारी गर्न बन्द गरेको थियो । तर चाँडै भिसा प्रदान गरिने जनाइएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top