‘ओलीको सन्देश फन्डामात्रै’ – माधव नेपाल

२० जेठ, काठमाडौँ ।

एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुरानै संरचना फर्काउने सन्देश पठाए पनि त्यसलाई ‘धोका’ को संज्ञा दिएको छ।

एमालेको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता माधवकुमार नेपालले ओलीको सन्देश आफ्नो समूहलाई ‘फुटाउने र राज गर्ने’ नीतिका रूपमा आएको बताएका छन्।

Advertisement

ओलीको सन्देशलाई नेता नेपालले अलमल्याउन अपनाएको फन्डाका रूपमा लिएका छन्। ‘जब ओली संकट महसुस गर्छन् त्यसपछि अनेकन फन्डा गर्न थाल्छन्। उनले पुरानो कमिटी ब्युँताउँछु भन्नु पनि त्यही फन्डा हो।

साँचो अर्थमा ओलीले पार्टीको विवाद मिलाउन चाहेका छैनन्’, नेता नेपालले बुधबारको एक भर्चुअल बैठकमा भने। उनले आफू आन्दोलनबाट पछि नहट्ने समेत बताए। ‘हामी धेरै अघि बढिसकेका छौं, ओलीको चालबाजीमा फस्नेवाला छैनौं। ओलीले एकपटक होइन, धेरै पटक धोका दिएका छन्।

Advertisement

यही अवस्थामा धेरै संवाद गर्नुको कुनै अर्थ छैन। जेजे गर्नु छ तीन दिनभित्र टुंग्याउन म साथीहरूलाई आग्रह गर्छु’, नेपालले भर्चुअल बैठकलाई सम्बोधन गर्दै भने।

ओली समूहले गरेको कारबाहीको नाटक सबैभन्दा घातक भएको नेता नेपालको भनाइ थियो। ‘संवाद गर्छु भन्ने कारबाही गर्ने, संवाद गर्दागर्दै संसद् विघटन गरेर झन् लोकतान्त्रिक मूल्य र संविधानमाथि नै प्रहार गर्ने, यस्तो पनि संवाद गर्ने तरीका हो’, उनले भने।

आफू पक्षधर जनसंगठनको भर्चुअल बैठकमा नेपालले पाँचवटा विषय उठान गरेका थिए।

ओलीले सबैभन्दा पहिला संसद् विघटन गर्नु गल्ती भएको भन्दै आत्मआलोचना गर्नुपर्ने, पार्टीभित्र देखिएका समस्या समाधान गर्न नेतृत्व असफल भएको स्वीकार गर्नुपर्ने, संवादका नाममा आलटाल गर्दै बस्न नहुने र नेताहरूबीच आत्मविश्वासका साथ अघि बढ्नुपर्ने उनले उठान गरेका विषय थिए।

तेस्रो र चौथो पुस्ता आफ्नो पक्षमा रहेकाले पार्टी पुनर्गठनमा आत्मविश्वास बढेको भन्दै उनले अझै पनि ओली ‘फुटाऊ र राज गर’ भन्ने नीतिअनुसार चलेको टिप्पणी गरे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top