डेढ अर्बभन्दा बढीको धानको बीउ आयात

२० जेठ, काठमाडौं ।

नेपालमा यस वर्षका रोपाइका लागि १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको धानको बीउ आयात भएको छ । बीउ आयातकर्ता कम्पनीहरूले भारत र चीनबाट विभिन्न किसिमका हाइब्रिड (वर्णसंकर) जातका धानका बीउहरू आयात गरेका हुन् ।

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार २४ आयातकर्ता कम्पनीहरूले यस वर्षका लागि आवश्यक पर्ने १ अर्ब ६१ करोड १८ लाख ९८ हजार रुपैयाँको कुल ४ हजार १ सय ४९ मेट्रिक टन धानको बीउ आयात गरेका हुन् ।

यूएस ३ सय १२, च्याम्पियन, राजा, महाराजा, साँवामन्सुली, सुधा, शान्तिलगायत ४६ प्रकारका धानका बीउ आयात भएका छन् ।

यसरी आयात गरिएकामध्ये ३९ ओटा जातका बीउ भारत र बाँकी सातओटा जात चीनबाट आयात भएको केन्द्रका वागबानी अधिकृत विकास खरेलले आर्थिक अभियान दैनिकलाई जानकारी दिए ।

सावित्री, सोनामन्सुली, मकवानपुर, बास्मतीलगायत धानको बीउ नेपालमै उत्पादन हुन्छ । व्यवसायीहरूले भारत र चीनबाट वर्णसंकर बीउहरू आयात गर्ने गर्छन् ।

खरेलका अनुसार परिमाणको हिसाबले पनि चीनभन्दा भारतबाट बढी मात्रामा बीउ आयात हुने गरेको छ । यस वर्ष भारतबाट ३ हजार ९ सय ६१ मेट्रिकटन बीउ आयात भएको छ भने चीनबाट जम्मा १ सय ८८ मेट्रिक टन बीउ आयात भएको भएको छ ।

आयातका लागि कम्पनीहरूले स्वीकृति लिने तथा धानको बीउ आयात हुने क्रम जारी रहेको बताइएको छ । अब बीउ राख्नेभन्दा पनि किसानहरूले बीउ राखेर धान रोप्नतिर लाग्ने भएकाले आयात भइहाले पनि सानो परिमाणमा मात्र आयात हुन सक्ने खरेलले बताए ।

नेपालमा धानखेती हुने कुल १३ लाख ५० हजार हेक्टर जमीनका लागि वार्षिक करीब ७० हजार मेट्रिक टन धानको बीउ आवश्यक हुन्छ । यसमा निजी बीउ उत्पादक कम्पनी तथा व्यवसायीहरूले ठूलो अंशा ओगटेका छन् ।

नेपाली बीउ उत्पादक कम्पनीहरूले वार्षिक १० हजार मेट्रिक टन धानको बीउ उत्पादन गर्ने गरेको तथ्यांक छ । कतिपय किसानले आप्mनै स्थानीय बीउ पनि प्रयोग गर्ने गरेको सरोकारवालाहरू बताउँछन् ।

सावित्री, मकवानपुर, बास्मतीलगायत धानको बीउ नेपालमै उत्पादन हुन्छ भने वर्णसंकर बीउहरू भारत र चीनलगायत देशहरूबाट आयात हुने गर्छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top