१२ कार्तिक,काठमाण्डौ ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले यही कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) तिर्नुपर्ने ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनानुसार शुल्क निर्धारण गरेको दियो जानकारी ।

आयोजनाले सार्वजनिक गरेको शुल्कदरअनुसार काठमाडौं प्रवेश गर्ने र यहाँबाट बाहिरिने सवारीसाधनका निम्ति फरक–फरक दर तोकियो ।


कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अरू हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ र यहाँबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्ने ।
मिनिबस तथा मिनिटिपर÷ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्ने ।
बस तथा सिंगल रियर एक्सल भएका ट्रकका निम्ति काठमाडौं प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण ।
मल्टी एक्सल ट्रक तथा सवारीसाधन र भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० र यहाँबाट बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने ।
कात्तिक १५ देखि सडक उपभोग दस्तुर संकलन सुरु हुने पनि जानकारी ।



