ओलीले जनता र पार्टी पंक्तिलाई स्पष्टिकरण दिनुपर्छ, हामीले होइनः भीम रावल

७ चैत ७७, आइतबार

८ चैत्र, विराटनगर ।
नेकपा एमालेको खनाल–नेपाल समूहका नेता भीम रावलले आफूसहितका नेतालाई कारबाहीका लागि स्पष्टिकरण सोध्ने निर्णय अवैध र हास्यास्पद रहेको टिप्पणी गरेका छन् ।

यो निर्णय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको द्योतक रहेको रावलले उल्लेख गरेका छन् ।

शनिबार बालुवाटार बैठकले खनाल–नेपाल समूहका पाँच जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेपछि रावलको यो भनाइ ट्विटरमार्फत् सार्वजनिक भएको हो ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी हितविरुद्ध सक्रिय भएको भन्दै नेता माधव नेपालसहित उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

रावलले उक्त निर्णयलाई पूर्णतः अस्वीकार गर्ने पनि बताएका छन् ।

Advertisement

राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएको आवाजबाट त्रसित भइ विदेशी गुप्तचर प्रमुखसँग राति मन्त्रणा गर्ने, नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्दै प्रतिगमनको षडयन्त्र गर्ने केपी ओलीजीले अवैध कमिटीको कथित बैठकबाट म समेत नवौँ राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटीका नेताहरूलाई कारबाहीका लागि स्पष्टिकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हास्यास्पद छ । त्यस्तो निर्णयलाई म पूर्णत अस्वीकार गर्दछु, रावलले लेखेका छन् ।

रावलले आफूहरूले नभइ ‌ओलीले चाहिँ जनता र पार्टी पंक्तिलाई स्पष्टिकरण दिनुपर्ने पनि बताएका छन् ।

सर्वोच्च अदालतको फैसलाको अवज्ञा गरी नेकपा (एमाले) को विधान उल्लङ्घन गर्दै फागुन २८ गते मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा कोर्ने जस्ता क्रियाकलाप किन गरेको भन्ने विषयमा केपी ओलीजीले जनता र पार्टी पंक्तिलाई स्पष्टिकरण दिनुपर्छ, रावलले ट्विटरमा लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top