ओलीले दाहाललाई भने- भिड्नै खोजेको हो ?

२५ कात्तिक ७७, बुधबार

काठमाडौँ : पार्टी बैठक बोलाउने विषयमा नेकपाका दुई अध्यक्षबीच मंगलबार पनि तनावपूर्ण संवाद भएको छ । धुम्बाराहीमा सचिवालयका बहुमत सदस्यहरुको अनौपचारिक बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटमा तिक्ततापूर्ण संवाद भएको बताएका छन् ।

धुम्बाराहीमा बहुमत सदस्यहरुको बैठक अगाडि अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई बिहीबार बैठक बस्ने गरी सहमति गर्न प्रस्ताव गरेपछि उनीहरुबीच तनावपूर्ण संवाद भएको हो ।

सचिवालयका एक सदस्यका अनुसार दाहालले सचिवालय बैठकमा ओलीसँग भेटबारे बिफ्रिङ गरेका थिए, ‘मैले बिहीबार बैठक बसौं भनें । तर, उहाँ (ओली) ले तुरुन्तका तुरुन्तै किन गर्नुपर्‍यो ? पहिला हामी सहमति गरौं । त्यसपछि बैठक बसौंला भन्नुभयो । त्यसपछि मैले अब तुरुन्तै बैठक गर्नुपर्छ भनें। हामीले हिजोसम्म समय दियौं । अब भोलि तपाईं बाहिर जाने हो भने पनि पर्सि गरौं भन्ने प्रस्ताव गरेको थिएँ ।’

Advertisement

ती सचिवालय सदस्यका अनुसार दाहालले ओलीको भनाइ उद्धृत गर्दै बैठकमा बिफ्रिङ गरेका थिए, ‘तपाईंहरु भिड्नै खोजेको हो ? भिड्नै खोजेको हो भने भिडौं । तपाईंहरु एक्सनमा जानुभयो भने मैले भनेकै छु, म महाएक्सनमा जान्छु ।’,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top