ओली र दाहालबीच बिहीबार फेरि छलफल हुने

३० असार, काठमाडौँ । विवाद समाधानका लागि भन्दै नेकपाका दुई अध्यक्षबीचको भेटवार्ता सकिएको छ । सहमतिको प्रयासका लागि भन्दै ६ दिनपछि मंलगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो ।

मंगलबार छलफललाई निरन्तरता दिने सहमति दुई अध्यक्षबीच भएको छ । आज ओली र दाहालबीच करिब सवा घण्टा वार्ता भएको थियो ।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दुई अध्यक्षबीच बिहीबार फेरि छलफल हुने भएको छ ।

Advertisement

यसअघि आइतबार, सोमबार, मंगलबार र बुधबार ओली र दाहालबीच भेटवार्ता भएको थियो । तर, सहमति हुन नसकेपछि स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ ।

पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको छ । बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा छ ।

Advertisement

यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि सहमतिको प्रयासका लागि भन्दै दुई अध्यक्षबीच छलफल हुँदै आएको हो । पछिल्लो पटक दुवै अध्यक्षले हतार नगरी सहमति जुटाउने सार्वजनिक अभिव्यक्ति दिएका छन् । तर, एक अर्काप्रतिका आश‌ंका भने उस्तै छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top