दाउन्नेमा पहिरो खसेपछि अवरुद्ध बनेको पूर्व–पश्चिम राजमार्ग सुचारु

२९ असार ७७, मंगलबार

३० असार, नवलपरासी ।

Advertisement

नवलपरासीको दाउन्नेमा बिहान खसेको पहिरोका कारण अवरुद्ध बनेको पूर्व–पश्चिम राजमार्ग सुचारु भएको छ ।

पहिरोबाट च्यापिएको एउटा कार र एउटा ट्रकलाई त्यहाँबाट हटाएपछि बाटो सुचारु भएको हो । साथै पहिरोसँगै खसेका रूखहरूलाई पनि सडक क्षेत्रबाट काटेर हटाइएको प्रहरीले जनाएको छ । दाउन्ने क्षेत्रमा साना–ठूला गरी दश ठाउँमा पहिरो गएकाले ती पहिरोलाई पनि हटाउने काम भइरहेको उनले जानकारी दिए ।

Advertisement

सडक सुचारु भएसँगै जाममा परेका सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ जान थालेका छन् । मंगलबार बिहान ६ बजे दाउन्नेमा ठूलो पहिरो खसेको थियो जसमा एउटा कार र एउटा ट्रक च्यापिन पुगेका थिए । घटनामा कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top