उडिरहेको एक विमानको शौचालयमा बम नोट भेटिएपछि आपत्कालीन अवतरण

२९ असार ७७, मंगलबार

३० असार, एजेन्सी ।
पोल्याण्डको क्र्याकोफबाट आयरल्याण्डको डब्लिनतर्फ उडिरहेको एउटा विमानको शौचालयमा जहाजभित्र विस्फोटक पदार्थ भएको दाबी गरिएको पत्र भेटिएपछि आपत्कालीन अवतरण गराइएको छ।

Advertisement

राइनएयरको उक्त उडानलाई ब्रिटेनको स्टानस्टेड विमानस्थलतर्फ मोडिएको थियो जहाँ एसेक्सका प्रहरीहरूले विमानको जाँच गरेका थिए। स्थानीय समय अनुसार साँझको ६ बजेर ४० मिनेटमा अवतरण गर्नुअघि दुईवटा लडाकू जेटले विमानलाई पहरा दिएका थिए।

त्यसक्रममा रोयल एयर फोर्सको जेटहरूले गरेको हतारोपूर्ण उडानबारे मानिसहरूले सामाजिक सञ्जाल ट्विटरमा पोष्टहरू गरेका थिए। विमान सेवाका एकजना प्रवक्ता भन्छन्ः विमान सामान्य रूपमै अवतरण भयो। सुरक्षित रूपमै यात्रुहरू विमानस्थलको एक्ल्याइएको कुनामा उत्रनुपर्‍यो।

Advertisement

उनले विज्ञप्तिमा भनेकी छन्स् यूके प्रहरीले विमान र यात्रुहरूको जाँच गरिरहेको छ। र उनीहरूले नै अर्को विमानमा उनीहरू डब्लिनतर्फ उड्ने बारे निर्क्यौल गर्नेछन्। प्रहरीले अहिले विमानलाई एक्लो ठाउँमा लगेर जाँच गरिरहेको छ।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top