काठमाडौं,भदौ ३
सरकारले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायत ब्याचलर तहका कार्यक्रम सञ्चालनका लागि समिति गठन गरेको छ । डा गोविन्द केसीसँग भएको सहमति अनुसार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आज डा श्रीकृष्ण गिरीको संयोजकत्वमा समिति गठन गरेका हुन्।
समितिमा डा गोविन्द केसीका सहयोगी डा जीवन क्षेत्री र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा डा केदार बराल सदस्य छन्।उक्त समितिमा कर्णाली प्रदेश सरकारको प्रतिनिधि, कर्णाली प्रतिष्ठानका प्रतिनिधि र सुर्खेत अञ्चल अस्पतालका प्रतिनिधि समेत सदस्य रहनेछन्।
डा केसीसँग गत साउन १० गते ९ बुँदे सहमतिमा भएको थियो । जसमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएस लगायतका स्नातक तहको विद्यार्थी भर्ना गर्ने सम्वन्धमा संघीय सरकारको प्रतिनिध, कर्णाली सरकारको प्रतिनिधि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिनिधि, सुर्खेत अञ्चल अस्पतालको प्रतिनिधि र विज्ञ समुहबाट २ जना रहेको कार्यदल गठन गर्ने उल्लेख गरिएको छ ।