काठमाडौं : कर्मचारीको चौतर्फी दबाबका कारण आगामी फागुन ३ भित्र संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन सिध्याउन कठिन भएको छ। संघीय मामिला ताथ समान्य प्रशासन मन्त्रालयले फागुन ३ भित्रै समायोजन सक्ने गरी प्रक्रिया अघि बढाए पनि समयमै सक्न सकस देखिएको हो ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि निजामती र अन्य सेवाका गरी ७७ हजार ३४ जनाले फारम भरेका छन् । मन्त्रालयले आइतबार नै करिब २ हजार उपसचिवको समायोजन सक्ने गरी काम अघि बढाए पनि केही समुहका उपसचिवहरुको संघमै रहनुपर्ने चर्को दबाबपछि प्रक्रिया नै अवरुद्ध भएको छ । पछिल्लो पटक प्रदेशमा पठाउन लागिएका १४ जना राजस्व समूहका उपसचिवका कारण समायोजन प्रक्रिया नै अवरुद्ध भएको हो ।