कश्मिरमा सत्तारूढ दल बिजेपीका तीन कार्यकर्ताको गोली हानी हत्या

१४ कात्तिक, एजेन्सी । भारतीय राज्य कश्मिरको कुलगाम जिल्लामा शंकास्पद चरमपन्थीले सत्तारूढ दल भारतीय जनता पार्टी(बिजेपी)का तीन कार्यकर्ताको गोली हानी हत्या गरेका छन्।

मारिनेमा बिजेपी युवा मोर्चाका महासचिव फिदा हुसैन, उमर हजाम र उमर बेग रहेका छन् ।

जम्मु-कश्मिरका बिजेपी प्रवक्ता अल्ताफ ठाकुरले एक बयान जारी गर्दै घटनाको कडा निन्दा गरेका छन्। उनले हत्यालाई बर्बर बताएका छन्।

Advertisement

ठाकुरले ईद-एमीलाद-नबीको पावन अवसरमा निहत्ता नागरिक मार्न नछोडिएको बताए। प्रहरी समक्ष उनले घटनामा संलग्नलाई छिटो भन्दा छिटो खोजेर कडा कारवाही गर्नुपर्ने माग गरेका छन्।

कश्मिरमा केही महिना यता लगातार बिजेपी कार्यकर्ता तथा जनप्रतिनिधिमाथि ज्यान लिने हमलाहरू हुँदै आएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top