विश्वको नक्सा छापिएको साउदीको नयाँ नोटमा आफ्नो नयाँ नक्सा राख्न भारतको माग

१४ कात्तिक, एजेन्सी । साउदी अरबले निकालेको नयाँ नोटमा रहेको अन्तर्राष्ट्रिय सीमाका बारेमा भारतले चिन्ता व्यक्त गर्दै सुधारको माग गरेको छ ।

Advertisement

गत साता जारी भएको नोटमाथि एक बयान जारी गर्दै भारतको विदेश मन्त्रालयले बिहीबार ’तत्काल सुधारात्मक कदम’ उठाउन माग गरेको हो।

Advertisement

साउदीको २० रियालको नोटमा विश्वको नक्सा छापिएको छ र सो नक्सामा जम्मु-कश्मिर र लद्दाखलाई भारतको भूभागका रूपमा देखाइएको छैन।

साउदीले २० रियालको जी-२० मा आफ्नो अध्यक्षतालाई संकेत गर्न विश्वको नक्सा राखेको हो।

Advertisement

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले यस मामिलामा साउदीले तत्काल सुधारात्मक कदम उठाउनुपर्ने बताए।

मिडिया रिपोर्टहरूका अनुसार यस नक्सामा पाकिस्तान प्रशासित कश्मिरको गिलउत-बाल्टिस्तान क्षेत्रलाई पनि पाकिस्तानको हिस्सा देखाइएको छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top