मधेस प्रदेश सरकार गठनबारे दलहरुबिच सघन संवादः प्रचण्ड

१६ कात्तिक २०८३, सोमबार
Share this
731shares

१६ कार्तिक , काठमाण्डौ।

Advertisement

मधेस प्रदेश सरकार गठनबारे दलहरूबीच सघन संवाद भइरहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाई ।

पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरणका लागि बर्दिबास आएका संयोजक दाहालले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै दलहरूबीच विभिन्न विकल्प खुला राख्दै छलफल भइरहेको स्पष्ट पारे ।

Advertisement

संयोजक दाहालले लोकतान्त्रिक गणतन्त्रका पक्षधरबीच सहकार्य, समन्वय र आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आफ्नो दलले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेको बताए ।

यसैबीच, सो दलले राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम बर्दिबासमा आज आयोजना गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top