१६ कार्तिक , काठमाण्डौ।
बैंकबाट एउटा प्रयोजनका लागि लिइएको ऋण अन्य ठाउँमा उपयोग गरे फौजदारी मुद्दा लाग्न सक्ने सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै बैंकिङ क्षेत्र तरंगित ।
ऋणको साँवा, ब्याज तथा किस्ता नियमित भएको अवस्थामा पनि त्यो ऋण सुरुको प्रयोजनभन्दा अन्यत्र उपयोग भएको अवस्थामा बैंकिङ कसुर आकर्षित हुने र फौजदारी मुद्दा चलाउन सकिने फैसला सर्वोच्चले गरेको हो ।

यद्यपि कर्जा प्रयोजनविपरीत प्रयोग गरेको देखिनेबित्तिकै ऋणी स्वतः कसुरदार ठहरिने नभई त्यसको तथ्यगत अनुसन्धान तथा न्यायिक परीक्षण हुनुपर्ने सर्वोच्चले फैसलामा उल्लेख गरेको छ ।
हाल धेरै ऋण प्रयोजनविपरीत उपयोग भइरहेको अवस्थामा यो फैसलाले वित्तीय क्षेत्रमा नकारात्मक प्रभाव पार्ने बैंकहरूको गुनासो ।




