कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबारसम्मका लागि स्थगित

१ पुस ७६, बुधबार

२ पुस, काठमाडौँ ।
नेपाली कांग्रेसले बुधबार डाकेको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ।

बुधबार दिउँसो १ बजे बस्ने भनिएको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उपस्थित नभएपछि बैठक बस्न सकेन । मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबारसम्म बैठक स्थगित गरिएको बताए।

केन्द्रीय समिति बैठकमा नगएका पूर्वमहामन्त्री सिटौला र बरिष्ठ नेता पौडेलबीच बुधबार दिउँसो छलफल भएको थियो। पौडेल भेट्न सिटौला उनकै निवास बोहराटार पुगेका थिए।

Advertisement

बरिष्ठ नेता पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका अहिले नै जारी गर्नुपर्ने अडान राखेका छन्। सभापति शेरबहादुर देउवाले महाधिवेशन गर्ने प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा नल्याएसम्म आफूहरू बैठकमा सहभागी नहुने अडानमा पौडेल छन्।

सभापति देउवा पक्षले समायोजनको काम पूरा नभएकोले अहिले नै कार्यतालिका ल्याउन नसकिने बताउँदै आएको छ। देउवा पक्ष २०७७ फागुनमा महाधिवेशन गर्नेमा सहमत देखिन्छ।

Advertisement

तर पौडेल पक्षले आउँदो मंसीरमै महाधिवेशन गर्नुपर्ने अडान राखेको छ भने अहिले नै महाधिवेशनको कार्यतालिका प्रकाशित गर्नुपर्ने बताएको छ।

गत बिहीबार सभापति देउवाले २८ विभाग बढाएर ४१ पुर्‍याउनेसहित ९ एजेन्डा छलफलका लागि केन्द्रीय समितिमा पेश गरेका छन्। त्यो दिनदेखि चार पटक पौडेलले बैठक बहिष्कार गरेपछि स्थगित हुँदै आएको छ।

पौडेललाई सिटौलाले पनि साथ दिएपछि सहमतिअनुसार नै अघि बढ्ने भन्दै बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top