काठमाडौं मेडिकल कलेजले थाल्यो कोरोना संक्रमितको उपचार

२० भदौ ७७, आइतबार

२१ भदाै, काठमाडौं ।

केही समययता कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीले अस्पतालहरुमा उपचार नपाएर ज्यानै गुमाउँनु परेको घटना बढिरहेका छन् । कोरोना संक्रमण पुष्टि नै नभई मिल्दोजुल्दो लक्षणमात्र देखिदैमा उपचारबाट बन्चित बन्नुपर्ने अवस्था सृजना भईरहेको अवस्थामा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले भने कोरोना संक्रमितको उपचार गर्न थालेको छ ।

बिराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले काठमाडौं मेडिकल कलेज अध्यक्षको जिम्मेवारी सम्हालेलगत्तै सेवा सुबिधा पनि बिस्तार गर्दै लगेका छन् । केही दिनअघिबाट ओपीडी निःशुल्क गराएका डा.शर्माले अहिले कोरोना संक्रमितकै उपचार हुँने वातावरण मिलाएका हुन् । यसैबीच कलेजमा भर्ना भएकी २७ बर्षीया कोरोना संक्रमित सुत्केरी महिलाले बच्चा जन्माएकी छन् । काठमाडौंको असनकी संक्रमित ती महिलाको शुक्रबार शल्यक्रिया गरी बच्चा (छोरा) निकालिएको हो । कलेजका बरिष्ठ चिकित्सकहरुले संक्रमणबाट जोगिन उच्च सावधानी अपनाउँदै शल्यक्रिया गरी बच्चा निकालेका हुन् । अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य छ । संक्रमित ती सुत्केरीलाई पनि कोरोनाको लक्षण देखिएको छैन ।

Advertisement

४१ हप्ताकी गर्भवती ती महिलालाई सुत्केरी व्यथा नलागेर पाठेघरको मुख नखुलेपछि व्यथा लगाएर सुत्केरी गराउने तयारी गरिएको थियो । सोही क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आयो । संक्रमण पुष्टि भएर पनि अस्पतालले शल्यक्रिया गरी बच्चा निकालेको भन्दै सुत्केरी महिला र उनको परिवार हर्षित छन् । केएमसीमा कोभिड, नन कोभिड र कोभिड आशंका गरिएका बिरामीलाई छुट्टा छुट्टै राखेर उपचार गर्ने व्यवस्था मिलाईएको अस्पतालका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top