नेपाल-भारत वार्ताका लागि गहन पहल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन संवादपछि दुई देशका संयन्त्रहरूबीच वार्ताका गृहकार्य भइरहेका छन्। भारतीय स्वतन्त्रता दिवसका अवसरमा साउन ३१ गते प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना दिएका थिए। प्रधानमन्त्री ओलीको त्यही टेलिफोनले नेपाल र भारतबीचको संवादहीनता अन्त्य गराइदिएको हो।

दुवै मुलुकका परराष्ट्र मन्त्रालयका अधिकारीहरू केहीयता नेपाल र भारतबीच स्थापित विभिन्न संयन्त्रको वार्ता गर्ने आन्तरिक तयारीमा जुटेका छन्। नेपाल-भारत सचिवस्तरीय बैठक, बाउन्ड्री वर्किङ ग्रुप र नेपाल-भारत संयुक्त आयोगको बैठकको तयारी भइरहेको स्रोतले बताएको छ। यद्यपि ती बैठकको मिति तय भइसकेको छैन।

दुई मुलुकका विभिन्न संयन्त्रबीच हुन लागेका बैठकहरूले नेपाल-भारत सम्बन्ध सुधारोन्मुख देखिएको छ। ‘परराष्ट्रमन्त्रीस्तरीय बैठक गर्नेबारेसमेत तयारी भइरहेको छ’, परराष्ट्रका एक अधिकारीले अन्नपूर्णसँग भने। यसअघि भदौ १ मा नेपाल-भारत संयुक्त निगरानी संयन्त्र (ज्वाइन्ट ओभरसाइट मेकानिज्म)को बैठक बसेको थियो। बैठकले नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजनाहरूको समीक्षा गरेको थियो। भर्चुअल माध्यमबाट भएको बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव र भारतका तर्फबाट भारतीय राजदूतले गरेका थिए।

Advertisement

निगरानी संयन्त्रको बैठकलाई दुवै मुलुकले उपलब्धिका रूपमा लिएका छन्। ‘नेपाल-भारत विभिन्न संयन्त्रको बैठकको तयारी भइरहेको छ। केही बैठक भइसकेका छन्’, भारतीय दूतावासका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘दुई प्रधानमन्त्रीबीचको टेलिफोन संवादपछि सकारात्मक दिशामा सम्बन्ध अघि बढिरहेको छ।’ दुई मुलुकका स्थापित संयन्त्रहरूबीच अब नियमित संवाद हुने ती अधिकारीले बताए।

नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारत असन्तुष्ट बनेको थियो। त्यसपछि दुई देशबीच औपचारिक संवाद भएको थिएन। सामान्य कूटनीतिक सम्बन्धबाहेक राजनीतिक स्तरमा छलफल ठप्प थियो। प्रधानमन्त्रीबीच संवाद भएपछि परराष्ट्र सचिवस्तरीय बैठकको तयारी भइरहेको छ। परराष्ट्र सचिवस्तरीय बैठकका लागि दुवै मुलुकका अधिकारीहरू तयारीमा जुटेका छन्। त्यसपछि दुई मुलुकबीच बाउन्ड्री वर्किङ ग्रुप र नेपाल-भारत संयुक्त आयोगको बैठक हुनेछ। ,यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top