काठमाडौमा गुडे बिजुली बस, प्रदेश १ मा पनि आउने

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भने झै साँच्चै अब सघीय राजधानी काठमाडौ धुलो धुवाँ र मास्करहित तर्फ उन्मुख हुदै गएको छ । जारी रहेका विकास निमार्ण, सडक पूर्वाधारलाई बाहिरै राखेर यातायातका साधनबाट हुने प्रदुषण भने अब केही कम हुन्छ कि भन्ने आशा गर्न सकिने भएको छ ।

काठमाडौको सडकमा पहिलो पटक निजी क्षेत्रको बिजुली बस गुड्न सुरु गरेको छ । यसले यस्तै आशाको संचार गरेको छ । विद्युतीय बस सेवाको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उदघाटन गरेका छन । यसको उद्धेश्य भनेको नै वायू प्रदुषण र ध्वनी प्रदुषणबाट आहत बनेका राजधानीवासीलाई केही राहत दिनु हो । यी वसहरुमा आधुनिक प्रविधिका ‘स्मार्ट यात्रा कार्ड’ लिएर यात्रागर्दा २० प्रतिशत छुट पनि पाइनेछ ।

Advertisement

निजी क्षेत्रको सुन्दर यातायातले शुरुमा चारवटा बस सञ्चालनमा ल्याएको छ । बिजुली बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारको बनाइएको छ । ४० सिटे बसमा अरु ३० जनायात्रुले र ३५ सिटे बसमा अरु २५ जनायात्रुले उभिएर आरामका साथयात्रागर्न सक्ने सुन्दर यातायात सञ्चालक समितिका सदस्य सुरेश पोखरेलले जनाएका छन् ।

बसमा अगाडि मात्र बस्न र उभिनखोज्ने यात्रुलाई ध्यानदिंदै पछाडिको सिट आकर्षक बनाइएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार पछाडिको सिट सिनेमाहलको बाल्कोनीजस्तै अनुभवहुनेछ ।जसकाकारण सिटमा बस्न खोज्नेहरु पछाडि जाने र गाडीभित्रको चापलाईव्यवस्थितगर्न सकिने कम्पनीले जनाएको छ । बसको अगाडि भागमाआरक्षित सिटहरु राखिएका छन् । यो बसको आकर्षण भनेको नै यात्रुलाई पछाडि भागमा राखेर यात्रु चढ्न र ओर्लनकालागि सजिलो बनाउनु रहेको देखिन्छ । त्यसै गरि बसमायात्रुको चापनहुने भागमाआरक्षण सिट राखिएको छ । त्यस्ता सिटहरुमा सीसी क्यामेराको प्रशस्तप्रयोग, जीपीएस ट्रयाकिङ, एयरकण्डिसनको सुविधाले झन् बसलाई आकर्शित बनाएको छ ।

Advertisement

त्यस्तै उभिएकायात्रुलाई मध्यनजर गर्दै प्रयोग गरिएको ह्याङ्गर नरम र लचकदार हुँदाजुनसुकै उमेरका र उचाइकायात्रुलाई यात्रागर्दा थप सहजहुने कम्पनीको दाबी छ । साथै कम्पनीले फोहोर व्यवस्थापनकालागिबसको सिटसँगै डस्टबिनको पनि व्यवस्था गरेको छ । साझा यातायातले पहिलो चरणमा करिब ५० वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा सुन्दर यातायातले एक कदम अगाडि बढेर पहिलो विद्युतीय बस सञ्चालनमा ल्याएको हो । बिजुली बस चलाउनकम्पनीले रिंगरोडको रुट पाएको छ । कम्पनीले थप ११ वटा बस ल्याउनचिनियाँ कम्पनीसँग सम्झौतागरिसकेको छ ।

कम्पनीले प्रतिबस एक करोड ६२ लाखमूल्य खर्चिएको छ । यी बस नेपाली सडक मैत्री रहेको बम्पनीले दावी गरेको छ । यीबसहरु काठमाडौंको चक्रपथसहितका शहरभित्रका प्रायः सबै रुटहरुमा चलाइने कम्पनीले बताएको छ ।

सुन्दर यातायातले प्रदेश १ मा पनि विद्युतीय बस संचालनको तयारी गरेको छ । प्रदेश १ सरकारको समन्वयमा सुन्दरले विद्युतीय बसका लागि आन्तरिक तयारी सुरु गरेको हो । झापा, मोरङ र सुनसरीभित्र ६ वटा चार्जिङ सेन्टरका लागि जग्गा उपलब्ध भए पाँच महिनाभित्रमा विद्युतीय बस सञ्चालन गर्न सकिने जनाईएको छ । विद्युतीय बस सञ्चालनका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग निजी क्षेत्रले सहयोगको आग्रहसमेत गरीसकेको छ ।

चार्जिङ स्टेशनका लागि विराटनगर, काँकडभिट्टा, इटहरी, धरान, दमकलगायत क्षेत्रमा सात कठ्ठादेखि नौ कठ्ठाको दरले जग्गा उपलब्ध भएमा तीन महिनाभित्र चार्जिङ स्टेशन बनाई यातायात सञ्चालन गर्न सकिने विद्युतीय बस सञ्चालनका लागि प्रस्ताव गर्ने सुन्दर यातायातको तयारी छ । पहिलो चरणमा विराटनगर–काँकडभिट्टा र विराटनगर–धरान विद्युतीय बस सञ्चालन गर्ने तयारी सुन्दरको रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top