कश्मीरमा कर्फ्युको अवज्ञाः कानून उल्लंघन गर्नेविरुद्ध कडा कारबाही हुने

२३ भदौ, एजेन्सी ।

Advertisement

कश्मीरको मुख्य शहर श्रीनगरमा शिया मुस्लिम धर्मावलम्बीहरुले कर्फ्युको अवज्ञा गर्दै धार्मिक जुलुस निकालेपछि भारतले कर्फ्यु अझै कडा पारेको एएफपीले बताएको छ।

मुस्लिम बाहुल्यता रहेको कश्मीरमा सम्भाव्य हिंसा रोक्न भारत सरकारले गत अगस्ट महिनादेखि सेना परिचालन गरेको छ।

Advertisement

नयाँ दिल्लीले विवादित कश्मीर क्षेत्रको स्वायत्तता खारेज गरेसँगै सो क्षेत्रमा विभिन्न प्रदर्शन भइरहेका छन्। कश्मीरका अधिकांश स्थानमा फोनको नेटवर्क र इन्टरनेट काटिएका छन्।

सुरक्षाकर्मीले आइतबार बिहानैदेखि शहरमा गस्ती बढाएका छन्। उनीहरुले स्पीकरमार्फत सर्वसाधारणहरुलाई घर बाहिर ननिस्कन पनि अनुरोध गरिरहेका छन्।

Advertisement

स्पीकरमार्फत भनिएको छ, ुकानून उल्लंघन गर्नेविरुद्ध कडा कारबाही हुनेछ।ु

इस्लामिक पात्रोको पहिलो महिनामा पर्ने मुहार्रामका अवसरमा धर्मगुरु मोहम्मदका नातीको मृत्युको वार्षिकोत्सव मनाउन संसारभरका शिया मुस्लिमहरूले जुलुस प्रदर्शन गर्ने गर्दछन्। जुन यसवर्ष सेप्टेम्बर १ बाट सुरु भएको थियो।

तर सन् १९८९ मा नयाँ दिल्लीविरूद्ध विद्रोह भएदेखि यता त्यस्ता जुलुसहरुलाई भारत प्रशासित काश्मिरमा प्रतिबन्धित गरिएको थियो। त्यस्ता जुलुसले भारत विरोधी भावना जगाउन सक्ने भन्दै प्रतिबन्ध लगाइएको थियो।

आइतबार मात्रै बिहान दुई वटा यस्ता जुलुस देखिएका थिए। तर प्रहरीले जुलुसमा संलग्नहरुलाई तत्काल नियन्त्रणमा लिएको थियो। पुलिसले उनीहरुलाई बाँसको लाठीले हिर्काएको पनि प्रत्यक्षदर्शीहरुले बताएका छन्।

हालसम्म कम्तिमा छ वटा त्यस्ता प्रदर्शन भएका र सुरक्षाकर्मीले ती प्रदर्शनकारीलाई पक्राउ गरको बताइएको छ। स्थानीयहरूका अनुसार नयाँ दिल्लीले कश्मीरको स्वायत्तता खोसेपछि यस्ता धार्मिक जुलुसले पनि राजनीतिक रुप लिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top