काठमाण्डौ उपत्यकासहित देशका सबैजसो ठाउँमा तापक्रम बढ्यो, प्रशस्त पानी पिउन विज्ञको सुझाव

२२ जेठ, काठमाडौं ।

काठमाडौ उपत्यकासहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । आज काठमाण्डौको तापक्रम ३० डिग्री आसपास रहेको छ । हिजो २९ दशमलव ४ प्रतिशत थियो भने अस्ति ३१ डिग्री सेल्सियस थियो ।

मौसमविद् मिनकुमार अर्यालका अनुसार उपत्यकासहित देशका प्राय सबैजसो ठाउँमा तापक्रम बढेको छ । उनका अनुसार तराईका जिल्लाको तापक्रम ३४–३५ डिग्री सेल्सियस भन्दा माथि छ ।

Advertisement

केही ठाउँको मौसम आंशिक बद्ली भए पनि जमिन तात्तिएकाले गर्मी महसुस भएको मौसमविद्ले बताएका छन् ।

केही दिनसम्म मौसम बद्ली भई पानी परेको र त्यस पछि मौसम सफा भई घाम लागेकाले जमिन तात्तिँदा बढी गर्मी महसुस भएको मौसमविद् अर्यालले बताए ।

Advertisement

मौसम सफा भएर जमिन तात्तिएकाले रातको समयमा पनि गर्मी महसुस हुन थालेको छ । एक दुई दिन मौसम यस्तै रहने अनुमान छ । तर, प्रि मनसुनको समय भएकाले दिउँसो पछि केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।

आउँदो मंगलबारदेखि भने प्रि मनसुन थप सक्रिय भएर धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।

यसैबीच, गर्मी बढेकाले प्रशस्त पानी पिउन डाक्टरले सुुझाव दिएका छन् । गर्मीको बेला शरीरमा पानीको अभाव हुँदा स्वास्थ्य समस्या देखिने र केहीलाई डिहाइड्रेशनको समेत हुन सक्ने डाक्टरले बताएका छन् ।

डिहाइड्रेशनका कारण व्यक्तिको सोच्ने क्षमता र रक्तसञ्चारमा कमी आउन सक्छ । गर्मीको समयमा पानीसँगै प्रशस्त पानी पाइने फलफूल र तरकारी खान डाक्टरको सुझाव छ ।

खर्बुजा, मेवा, गोलभेडा, मुला, गाजर जस्ता शरीरलाई शीतल दिने फलफूल र तरकारी खान विज्ञको सल्लाह छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top