कारबम आक्रमणमा पाँच प्रहरीसहित एघारको मृत्यु

रमादी, भदौ १३
पश्चिमी इराकको अल क्वाम नगरमा बुधबार एक व्यक्तिले आत्मघाती बम जडान गरेको कार प्रहरीको गस्तीमा लगेर ठोक्काउँदा भएको विस्फोटमा परी ११ जनाको ज्यान गएको छ ।

उक्त कारबम हमलामा परी ज्यान जानेमा कम्तीमा पाँच जना प्रहरी परेका बताइएको छ । प्राप्त समाचारअनुसार उक्त आक्रमण एकजना व्यक्तिले आफ्नो कारमा विस्फोटक पदार्थ राखेर गराएको हो ।बुधबार भएको सो बम हमलाको कारण पत्ता लाग्न सकेको छैन । साथै आत्मघाती हमलाकारीको पनि सोही विस्फोटमा ज्यान गएकोले थप सूचना प्राप्त भएको छैन ।

उक्त नगर सिरियाको सीमा क्षेत्रबाट नजिक पर्दछ र उक्त सीमा क्षेत्र इराकी राजधानी बग्दादबाट ३४० किलोमीटर टाढा पर्दछ । सो नगर पछिल्लो समयमा आइएस लडाकूबाट इराकी सरकारले फिर्ता गरेको थियो । आइएसका सशस्त्र लडाकूहरुले उक्त नगरलाई पहिला कब्जा गरेर केही महिना आफ्नो नियन्त्रणमा राखेका थिए ।

Advertisement

सोही नगरमा बुधबारै बिहान करिब ९ बजेतिर अर्को बम विस्फोट भएको पनि समाचारमा जनाइएको छ । उक्त विस्फोटमा परी अरु १६ जना सर्वसाधारण घाइते भएका छन् ।घाइते हुनेमा पाँच जना प्रहरी पनि परेका छन् । यो विस्फोट पनि प्रहरीको गस्ती रहेको स्थानमा लगी गराइएको थियो । यसरी आज सो नगरमा गराइएका यी विस्फोट पूर्व नियोजित रुपमा नै भएका बताइएको छ ।
रासस÷एएफपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top