गण्डकी प्रदेश पूर्ण खोप सुनिश्चित

१३ भदौ ७५, बिहीबार

पोखरा, भदौ १३
गण्डकी प्रदेशलाई ‘पूर्ण खोप सुनिश्चित गण्डकी प्रदेश’ घोषणा गरिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका ११ जिल्लाका ८५ वटै स्थानीय तहका १६ देखि २३ महिनाका सम्पूर्ण बालबालिकामा खोप सुनिश्चिता गरे ।

Advertisement

राष्ट्रिय खोप तालिकाबमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेकाले आज गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो ।आगामी दिनमा कुनै पनि अवस्थामा कुनै पनि बालबालिका खोप लिनबाट वञ्चित हुने छैन भनी प्रतिबद्धतासमेत व्यक्त गरिएको छ । दुई चरणमा १६ देखि २३ महिनाका ३५ हजार ८४२ बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता पाएपछि पूर्ण खोप प्रदेशका रुपमा घोषणा गरिएको हो ।

बालबालिकालाई प्रदान गरिने गरिएको ११ प्रकारको खोपमा दिइन्छ । प्रतिबालिकामा रु पाँच हजार बराबरको खोप र प्रशासनिक खर्चसमेत गरी रु ३० हजार खर्च हुने गरेको छ । खोपका लागि गण्डकी प्रदेश वार्षिकरुपमा रु एक अर्ब ७० करोड लाग्छ । सोमध्ये नेपाल सरकारको ६० प्रतिशत र ४० दातृ संस्थाको सहयोग रहेको जनाइएको छ ।

Advertisement

गण्डकी प्रदेशको एक हजार ७७० वटा खोप केन्द्र र एक हजार ४१६ वटा गाउँघर क्लिनिकका साथै पाँच हजार ९३९ जना महिला स्वयंसेविका मार्फत समुदायस्तरमा सो स्वास्थ्य सेवा प्रदान भइरहेको छ ।सो अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमै सबैभन्दा पहिलो गण्डकी प्रदेशले पूर्ण खोप सुनिश्चितताको प्रदेशका रुपमा घोषणा गरेको प्रशङ्ग उल्लेख गर्दै शिक्षा, रोजगारलगायत क्षेत्रमा पहिलो प्रदेशका रुपमा पहिचान बनाउन सबै पक्षलाई प्रतिबद्ध भएर लाग्न आग्रह गरे ।

सभामुख नेत्रनाथ अधिकारीले स्वच्छ, स्वस्थ्य र समृद्ध नेपाल बनाउनका लागि जिम्मेवारीका साथ कर्तव्य निष्ठ भएर अगाडि बढ्नुपर्ने सुझाव दिए । समाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेशमा खोप कार्यक्रम पूर्णरुपमा सफल भएको बताए ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top