मोदीसँग भेट्न राजपाका नेताहरुको लबिङ

काठमाडौं ःबिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका नेताहरुले लबिङ गर्न सुरु गरेका छन् । यो समाचार आजको कारोबारमा छापिएको छ ।

Advertisement

मोदीसँग भेट्न पाए राजनीतिक छलफलबाट नयाँ राजनीतिक एजेण्डा बनाउन पार्टीलाई सहज हुने पार्टीका नेताहकरुको बुझाइ छ । पार्टीका नेताहरुलाई बुधबार र बिहीबार हुने रिसेप्सन पार्टीमा निम्तो गरिएको छ ।

मोदीसहितको रिसेप्सन पार्टीमा मोदीसँग विशेष कुराकानी गर्ने योजना अध्यक्ष मण्डलका नेताहरुले बनाएको पार्टीका एक नेताले बताए ।मोदीसँग अध्यक्ष मण्डलका शीर्ष नेताहरुको सामूहिक भेट हुने वा केही अध्यक्ष विशेषसँग भेट हुने यसबारे निर्णय भइनसकेको स्रोतले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top