९ कात्तिक, काठमाडाैँ ।
ललितपुरको नख्खुमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
शनिबार राती बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक सिरहा घर भइ ललितपुरको थकसीखेलका २८ वर्षीय इलु घलेको ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै मोटरसाइकलका पछाडि बस्ने मकवानपुर हात्तीसुढे घर भइ ललितपुरको जावलाखेल बस्ने २१ वर्षीय सजित परियारको पाटन अस्पतालमा उपचार भइरहेको छ ।