काेराेना परीक्षणकाे शुल्क उठाउँदै राप्ती प्रतिष्ठान, प्रतिस्वाब ५५ सय !

दाङ : घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले हालसम्म गरेको पीसीआर परीक्षणको प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँका दरले रकम असुल्न थालेको छ । प्रतिष्ठानले सबै स्थानीय तहलाई स्वाब परीक्षणको रकम शोधभर्ना गर्न भन्दै पत्र पठाएर रकम मागेको हो । स्थानीय तहले रकम नदिएपछि प्रतिष्ठानले परीक्षण बन्द गरेको छ ।

प्रतिष्ठानमा आएका स्वाबका नमुना शनिबारदेखि नेपालगन्ज पठाउन थालिएको छ । दुई पीसीआर मेसिन रहेको प्रतिष्ठानले बिहीबारदेखि नै स्वाब संकलन रोकेको थियो ।

प्रदेशमा चार स्थानमा परीक्षण हुने गरेको छ । शनिबार साँझसम्म संकलन भएका ५ हजार ५ सय १४ स्वाब परीक्षणको पर्खाइमा छन् तर प्रतिष्ठानले शनिबारदेखि परीक्षण गर्न छोडेको छ । स्थानीय तहलाई स्वाब संकलन र परीक्षणबापतको भन्दै पत्र पठाएर रकम माग्न थालेपछि स्थानीय तह बिलखबन्दमा परेका छन् । उनीहरूले आफ्नै खर्चमा संकलन गरेका स्वाब पनि नेपालगन्ज र भैरहवा पठाउन थालेका छन् । पैसा नदिए परीक्षण नगर्ने भन्दै प्रतिष्ठानले स्वाब लिन रोकेको गढवा गाउँपालिका अध्यक्ष सहजराज अहिरले बताए । अहिलेसम्मको परीक्षणबापत ४७ लाख रुपैयाँ तिर्नुपर्ने भन्दै ताकेता आएको उनले बताए ।

Advertisement

सरकारी प्रतिष्ठानले पीसीआर परीक्षणमा व्यापार गर्न खोजेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताए । ‘पहिले फोन गरेर पैसा तिर्नुपर्छ भनेका थिए, अहिले पत्र नै आयो, यो त स्वास्थ्यका नाममा व्यापार भयो,’ उनले भने, ‘सरकारी निकायबाटै परीक्षणको पैसा मागेपछि हामी बिलखबन्दमा पर्‍यौं ।’ बंगलाचुलीले ८० लाख रुपैयाँ तिर्नुपर्ने पत्र आएको उनले बताए ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top