२०७३ सालको तिहारमा नागरिकले नेपाल विद्युत प्राधिकरणबाट ‘सरप्राइज’ पाए । नागरिकको कुनै अपेक्षा विना प्राधिकरणले ‘चाहिए जति बिजुली बाल्नू’ भनेर सूचना निकालेको थियो ।
वर्षाैदेखि लोडसेडिङको मारमा पिल्सिएका नागरिक प्राधिकरणको सूचनापछि खुसीले गदगद भए । लक्ष्मी पूजाको दिन कसैले पनि लोडशेडिङको कालो रात बिताउनु परेन । तिहारको मुख्य आकर्षणको रूपमा रहेको लक्ष्मीपूजा भन्नेबित्तिकै झिलिमिली बत्ती हो । त्यसअघिका समयमा घण्टौँ लोडसेडिङको बाध्यतामा पिल्सिएका जनता २४ घण्टै बत्ति आउला भन्नेमा कत्तिपनि विश्वस्त थिएनन् । तर लक्ष्मी पूजाको त्यसरात सर्वत्र झिलिमिली भयो । त्यसपछि भने लोडसेडिङमुक्त अभियानको नेतृत्व गरेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चौतर्फी प्रशंसा सुरु भयो ।
लक्ष्मी पूजाको दिनको ठूलो परीक्षामा पास भएका घिसिङले काम र सफलताको गति झनै बढाए , बिस्तारै–बिस्तारै गर्दै अहिले देश नै लोडसेशेङमुक्त भइसकेको छ ।
घिसिङलाई नेपालीले हिरो माने । आज पनि लक्ष्मीपूजा । प्राधिकरणले आजपनि ढुक्क भएर विजुली बत्ति बाल्न सकिने बताएको छ ।