×

NEPAL TIMES UPDATES

Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026
Playing
स्मार्ट लाइसेन्सको नयाँ युगः नक्कली लाइसेन्स सडकमै छुट्टिने || Nepal Times
May 07, 2026

कोरोनाका विषयमा भयभीत र आतंकित नहुन सरकारको अपिल, एसईई परीक्षा तालिका हेरेफेर हुनसक्ने

२ चैत्र २०७६

२ चैत्र, काठमाडौं । सरकारले नेपालमा कोरोना भाईरसको संक्रमणलाई प्रवेश नदिने गरि आवश्यक तयारी गरेको भन्दै भयभीत र आतंकित नहुन सबैलाई अपिल गरेको छ ।

राष्ट्रियसभाको आईतबारको बैठकमा कोरोना संक्रमणको जोखिमबाट मुलुकलाई बचाउनका लागि सरकारबाट भईरहेका प्रयास बारे जानकारी गराउदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भयभीत र आतंकित नबन्न सबैलाई आग्रह गरेका हुन्। अहिले सम्म नेपालमा कोरोना भाईरसबाट एक जना पनि संक्रमित भएको नपाईएको जानकारी गराउदै उनले संक्रमणलाई प्रवेश नै नदिने ढंगले सरकारले तयारी गरिरहेको स्पष्ट पारे ।

Advertisement
Advertisement

मन्त्री ढकालका अनुसार अहिले सम्म नेपालमा ४ सय ६४ जनाको परीक्षण गरीएको र सबै रिपोर्ट पोजेटिभ आएका छन् । २०२० जनवरी ९ तारिकमा नेपाल आएका विद्यार्थीले १३ तारिकमा परीक्षण गराउदा पोजेटिभ देखिएपनि १० दिन हस्पिटल बसाईपछि पुन परीक्षणमा नेगेटिभ देखिएको थियो । उनले कोरोना संक्रमणलाई मुलुकमा प्रवेश हुन नदिने लक्ष्यका साथ उच्च सावधानी अपनाईएको र एक अर्कामा हात मिलाउने , गला मिलाउने भन्दा पनि निश्चित दुरीबाट नमस्कार गर्ने, साबुन पानीले हात धुने लगायतका काम गर्न सर्वसाधरणलाई अपिल गरिएको बताए । संभावित जोखिमलाई मध्यनजर गरि सरकारले उपत्यकाभित्र र बाहिर गरी २ सय ३५ वटा आईसीयु वेड थप्ने तयारी गरेको उनले स्पष्ट पारे । हाल काठमाण्डौमा १ सय ७० वेडको आईसियु संञ्चालनमा छन् । उपत्यका भित्र १ सय २० र बाहिर १ सय १५ वटा गरेर २ सय ३५ वटा आईसीयुको व्यवस्था तत्काल गर्ने काममा भईरहेको उनले स्पष्ट पारे ।

त्यसैगरी १ सय ५५ वटा आईसोलेटेड बेडको व्यवस्था गरेपनि संक्रमण फैलिएको अवस्थामा तीनवटा अस्पतालमा केन्द्रीत भई तीनै अस्पतालबाट कोरोना संक्रमणको मात्रै सेवा दिने गरि आवश्यक व्यवस्था मिलाउने गरि आअवश्यक औषधी र औजारहरुको जोहो गर्ने तयारीमा सरकार लागेको स्पष्ट पारे । उनले सिडिओ र स्वास्थ्यकर्मीलाई जोखिमपुर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन गरिएको र अस्पतालमा कामगर्ने जनशक्ति र त्यससंग सम्बन्धीत व्यक्तिको जोखिमबाट उत्पन्न सबै खालका भय आतंकलाई हटाउनका लागि सरकारको तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाएको बताए ।

चीन बाहेकका मुलुकमा कोरोना संक्रमण फैलिदै जाँदा नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले आवश्यक सावधानी र सर्तकता अपनाउनका लागि सरकारले स्थलनाकामा स्वास्थ्यविन्दु स्थापना गर्नुको साथै हवाई नाका हुदै आउने तेश्रो मुलुकका नागरिक र नेपाली नागरिकले १४ दिन क्वारेन्टाइनमा बस्न भनिएको स्पष्ट पारे । विदेशबाट अत्यावश्यक नेपाल आउनुपर्यो भने एकसाताको खकार जाँचको रिपोर्ट हेरेर कोरोना संक्रमण नभएको प्रमाणित भएपछि मात्रै नेपाल प्रवेश गर्न दिने, विदेशी नागरिकको हकमा आफै क्वारेनटाइनमा बस्नुपर्ने र नेपालीहरुको हकमा होम क्वारेन्टाईनमा बस्ने व्यवस्था गरिएको पनि उनले स्पष्ट पारे ।

उनले भने “प्रत्येक दिन ज्वरो नाप्ने । त्यसका मुख्य गरी ३ वटा इण्डिकेटर छन् । सुख्खा खोकी हुने, ज्वरो आउने भयो भने हामी अस्पतालमा चेक गर्छौ । चेक गर्दा त्यसको रिपोर्ट पोजेटिभ भो भने राज्यले सम्पुर्ण उपचारको जिम्मा लिन्छ । यदि त्यो भएन नेगेटिभ रिजल्ट आयो भने १४ दिन सम्म होमक्वारेन्टाईनमा बसेर सबैले राष्टको अप्ठ्यारोमा सहयोग गर्ने विश्वासका साथ यो नीतिलाई अगाडि बढाएका छौ । ”

समाजका विभिन्न निकायका स्वयंम सेवकहरुलाई समेत संगठीत गरेर कोरोना संक्रमण हुन नदिने ढंगले सरकारले काम गर्ने उनले स्पष्ट पारे । सरकारका कतिपय आन्तरिक तयारी बाहिर नआएकाले समाजमा भय, त्रास फैलने किसिमको वातावरण पनि भएको भन्दै उनले सरकारले आवश्यक तयारी र व्यवस्थापन गरिरहेकाले भयभीत नहुन आग्रह गरे । कुटनीतिक सम्बन्ध भन्दा बाहेकका भिषाहरु बैशाख १८ गते सम्मका लागि स्थगित गरिएको ,अन्तराष्ट्रिय क्षेत्रमा पढ्न जाने पुराना विद्यार्थीलाई रोक नलगाईएपनि नयाँ र श्रम स्वीकृति अनुमति दिने काम स्थगित गरिएको जानकारी दिए । उनले हाल नेपालका १ सय २९ नाका मध्ये ४३ वटा नाकामा स्वास्थ्यविन्दु स्थापना गरिएको, छिमेकी राष्ट्रसंग जोडिएका १ सय २८ वटा स्थानीय तहलाई २१ बुँदे निर्देशन जारी गरि आवश्यक सावधानी अपनाउन भनिएको बताए । कक्षा १ देखि ९ सम्म अध्ययनरत झण्डै ५० लाख विद्यार्थीको चैत ५ गते भित्र परीक्षा सकिने र त्यसपछि स्वतः १ महिना स्कुल बन्द रहने भएकाले कोरोना महामारीको २ /४ दिनको स्थिति हेरेर एसईई परीक्षा तालिका बारे निर्णय गरिने उनले स्पष्ट पारे ।

अन्तराष्ट्रिय फोरमहरुमा भाग नलिने, स्वदेशमै पनि कार्यक्रम नगर्ने तथा अतिआवश्यक बाहेक भोजभतेर नगर्न आमसमुदायलाई आव्हान गरिएको स्पष्ट पारे । सूचना एकिकृत ढंगले सम्प्रेषणको व्यवस्था मिलाइएको, मुख्य सचिवको नेतृत्वको टिमको दैनिक बैठक बस्ने र नेपाल संगै विश्वभरको कोरोना संक्रमणको अवस्था समेटेर बुटेलिन निकाल्ने काम भईरहेको उनले स्पष्ट पारे । मन्त्री ढकालले उमेर समुह अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेको अनुपात पनि जानकारी गराए ।

विश्वमा कोरोनाको असर
पछिल्लो तथ्यांक अनुसार, चीनमा २०१९ को डिसेम्बर ३१ मा देखिएको कोरोना भाईरस अहिले सम्म १ सय ५२ वटा मुलुकमा देखा परेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको दृष्टिले ४६ वटा मुलुक प्रभावित छन् ।

अहिले सम्म कोरोना भाईरसको संक्रमणबाट विश्वभर ५ हजार ८ सय ३९ जनाको मृत्यु भएको छ । १ लाख ५६ हजार व्यक्तिमा संक्रमण भएको, ७५ हजार ९ सय ३७ जना उपचार पछि घर फर्किएको तथा ७४ हजार ९ सय ९० जना अहिले पनि संक्रमित अवस्थामा नै रहेका छन् । कोरोना संक्रमणबाट इरानका ५५ बर्षिय सांसद पोतेमेयर रबाकको मृत्यु भएको छ ।

Advertisement
Advertisement

क्यानडाका प्रधानमन्त्रीको श्रीमती, अस्ट्रेलियाका गृहमन्त्री, बेलायतका स्वास्थ्यमन्त्री ,इरानको उपराष्ट्रपति र स्वास्थ्यराज्यमन्त्रीमा कोरोना संक्रमण देखिएको छ भने मंगोलियका राष्ट्रपति चीन भ्रमण पछि १४ दिन सम्म होम क्वारेन्टाईनमा बस्नुभएको छ ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top