शेयर कारोबारीलाई खुशीको खबर, नेप्सेको कारोबारको समय थप

१ चैत ७६, आइतबार

२ चैत्र, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबारदेखि शेयर कारोबारको समय एक घण्टा थप गरेको छ ।

नेप्सेले बजारको माग, अन्तर्राष्ट्रिय प्रचलन र लगानीकर्ताको हितलाई ध्यानमा राखेर कारोबार समय बढाएको जनाएको छ । बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदै आएको बोल कबोल र निरन्तर कारोबार समयलाई १ घण्टा थप गरी ४ बजेसम्म गर्ने व्यवस्था गरेको होे ।

नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदले कारोेबार समय परिक्षणकोे रुपमा थपिएको र यसले बजारमा पार्ने असरको आधारमा फेरि परिमार्जन गर्न सकिने बताए ।

Advertisement

उनले शेयर कारोबारका लागि लगानीकर्ताले समय कम भएको गुनासो गरेकोे र अन्तर्राष्ट्रिय पूँजी बजारकोे समय बढी हुनेगरेकोे अवस्थामा नेपालमा पनि लगानीकर्ताको हितमा हुने गरी नेपाल धितोपत्र वोेर्डको निर्देशन अनुसार कारोबारको समय थप गरेको बताए ।

महाप्रवन्धक साउदले नेप्सेको कारोेबार समय बढ््दा बजारमा सकारात्मक फाइदा पुग्ने दावी समेत गरे । उनले समय बढाउँदा कारोबार रकम अझ बढ््न सक्ने अपेक्षा गरिएको बताए । तर कारोबार समय थप हुँदा बजारमा इण्डेक्स बढ््छ या घट्छ भन्ने प्रतिकृया दिन नहुने र कसैले दिए विश्वास नगर्न समेत आग्रह गरे ।

Advertisement

नेप्सेले कारोबार समय थप गरेसँगै तीन भागमा वर्गीकरण हुनेगरी कारोबारको समय निर्धारण गरेको छ । जसअनुसार प्रारम्भिक कारोबार समय १० बजेर ३० मिनेट देखि ११ बजे सम्म, बोलकबोल तथा निरन्तर कारोबार समय १ घण्टा बढाएर ११ बजे देखि ४ बजे सम्म र अन्तिम कारोबार ४ बजेर ५ मिनेट सम्म कायम गरेको हो ।

महाप्रवन्धक साउदले कारोबार समय थप गर्दा नेप्सेमा प्राविधिक रुपमा कुनै समस्या नरहेको समेत बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top