एमसीसीको न्यू बुटवल–न्यू दमौली ४०० केभी प्रसारणलाइन निर्माण सुरु

५ मंसिर २०८३, शनिबार
Share this
750shares

५ मंसिर , काठमाण्डौ ।

Advertisement

एमसीए–नेपालले न्यू बुटवल सबस्टेसनदेखि न्यू दमौली सबस्टेसनसम्मको ४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त प्रसारणलाइन निर्माण सुरु ।

तनहुँ र पाल्पा जिल्लाबाट यस प्रसारणलाइनको निर्माण कार्य प्रारम्भ ।

Advertisement

९० किलोमिटर लामो यो प्रसारणलाइन खण्डमा २५० वटा प्रसारण टावर निर्माण गरिने ।

उक्त खण्ड तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरी चार जिल्लामा फैलिएको छ ।

यो प्रसारणलाइन एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको विद्युत् प्रसारण आयोजनाले निर्माण गरिरहेको कुल ३१५ किलोमिटर लामो प्रसारण सञ्जालको एक खण्ड भएको उल्लेख ।

यस आयोजनामार्फत नेपालको विद्युत् प्रसारण पूर्वाधार विस्तार गर्ने लक्ष्य ।

प्रसारण सञ्जाल विस्तार भएपछि थप विद्युत् उत्पादनलाई राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न सहज हुने एमसीए–नेपालको जानकारी ।

यसले नेपालको ऊर्जा सुरक्षा सुदृढीकरणमा समेत योगदान पु¥याउने अपेक्षा ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top