कोरोनाबाट कांग्रेस उपसभापति गच्छदारकी पत्नीको निधन

३१ बैशाख ७८, शनिबार

१ जेष्ठ, काठमाडौँ ।
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको निधन भएको छ।

निर्मला गच्छदारको उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा शनिबार बिहान निधन भएको हो। लामो समयदेखि कलेजोको बिरामीसमेत रहेका उनलाई भारतस्थित नयाँ दिल्लीमा उपचार गरिएको थियो।

कोरोना संक्रमणपछि ​उनलाई दुई साता अघि अस्पताल भर्ना गरिएको थियो। उनको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले श्रद्धाञ्जली व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्।

Advertisement

‘नेपाली कांग्रेसका उपसभापति एवं मेरा मित्र विजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छ्दारको निधनको खबरले मर्माहित भएको छु। उहाँको आत्माको चीरशान्तिको कामना गर्दै विजयजी लगायत शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु’, देउवाले शोक वक्तव्यमा भनेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top