कोरोनाविरुद्ध अग्रमोर्चामा रहेकी डा. संगिताको सरुवा

२४ जेठ,विराटनगर ।
प्रदेश १ मा कोरोना संक्रमितको उपचारमा प्रभाबकारी रुपमा काम गरिरहेकी कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राको सरुवा भएको छ । मिश्रालाई सरकारले काठमाडौंको परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालको निर्देशकमा सरुवा गरेको छ । उनको स्थानमा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका प्रमुख डा. चुमनलाल दासलाई ल्याइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको मन्त्रीस्तरको निणर्य अनुसार अनको सरुवा भएको जनाईएको छ । प्रदेश सरकारको पहलमा विराटनगरमा स्थापना भएको कोभिड १९ उपचार केन्द्र र कोशीमा प्रयोगशाला स्थापना गरी कोरोना परीक्षणको सफल नेतृत्व गरिरहेकी मिश्राको सरुवा प्रति प्रदेश १ सरकारले असन्तुष्टि व्यक्त गरेको छ ।

बैसाख ४ गते प्रदेश १ मा पहिलोपटक उदयपुरको भुल्केमा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्र ल्याईएयता डा. मिश्रको नेतृत्वमा अस्पतालले संक्रमितको उपचार गरिरहेको छ ।

Advertisement

प्रदेश सरकार तथा विराटनगर महानगर लगायतासँग सहकार्यमा स्वास्थ्यकर्मी परिचालन गरी यस प्रदेशमा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै मिश्रको प्रशंसा हुने गरेको छ ।

प्रदेशमा संक्रमितको संख्या बढ्दै गएको बेला सफल नेतृत्वकर्तालाई सरुवा गरेपछि कोरोना रोकथाम, नियन्त्रण तथा उपचार प्रभावित हुने निश्चित भएको भन्दै प्रदेश १ सरकारले असन्तुष्टि जनाएको छ । प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले संघीय सरकारले समन्वय नगरी काम गर्दा कोरोना महामारीविरुद्ध लड्न असजिलो भएको प्रतिक्रिया दिए । उनले भने-‘काम एउटा स्पिडमा चलिरहेको अवस्थामा एक्कासी कर्मचारीको सरुवा भयो, नयाँ मान्छेले त्यही स्पिडमा काम गर्न समय लाग्छ ।’

सरुवाबारेको जिज्ञासामा मिश्राले प्रसुति तथा स्त्री रोग अस्पतालको नेतृत्व गर्न पाउनु अवसर भएको बताउँदै संकटको समयमा सरुवा हुदा असजिलो महुसस भएको बताइन् । मिश्रा माघ पहिलो साता कोसीमा आएकी थिइन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top