कोरोनासँग जुध्नुबाहेक अन्य विकल्प छैन, सरकारले चालेका कदम पनि उराठलाग्दा छैनन्ः प्रधानमन्त्री

३ आश्विन, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीसँग जुध्नु बाहेक अर्को विकल्प नभएको बताएका छन् ।

संविधान दिवस २०७७ का अवसरमा सैनिक मञ्च टुँडिखेलबाट देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  सुरुका दिनमा कोरोना के हो ? भन्ने विषयमा अन्योलता हुँदा कोरोना महामारीसँग जुध्न समय लागेको प्रधानमन्त्रीले बताए । सरकारले समयमै लकडाउन गरेकाले कोराना भाइरस भयावह अवस्थामा पुग्न नसकेको उनको भनाइ छ ।

Advertisement

सुरुका दिनमा काम गर्न अन्योलता भए पनि अहिले अस्पताल, आइसोलेसन बेड र परीक्षणको दायरा बढाइएकाले हामी कोरोना जित्न सक्नेमा ढुक्क छौं ’ प्रधानमन्त्रीले भने ।
त्यस्तै उनले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले चालेको कदम उराठलाग्दो नभएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमण हुनुपूर्व नेपालमा स्वास्थ्य क्षेत्रको पूर्वाधार कमजोर रहेको उल्लेख गर्दै अहिले त्यसमा उल्लेख्य वृद्धि र सुधार गरिएको बताए । पहिलो संक्रमितको पहिचान गर्न स्वाबको नमुना विदेश पठाउनु परे पनि अहिले सरकारी र निजी गरी ४७ वटा प्रयोगशालामा कोरोना परीक्षण हुने प्रधानमन्त्री ओलीले बताए ।

Advertisement

पछिल्लो समय दैनिक करिब २३ हजार नमुना परीक्षण गर्न सकिने गरी प्रयोगशाला स्थापना गरिएको उनले बताए । सुरुमा एउटा नमुना परीक्षण गर्न ८ हजार ५ सय रुपैयाँसम्म लाग्ने गरे पनि अहिले २ हजार रुपैयाँमा कोरोना परीक्षण हुने उनले बताए ।

त्यसैगरी कोरोना महामारीका कारण सरकारले गौरवका आयोजनाहरु पूरा गर्न नसकेको उनले बताए । कोरोना महामारी भए पनि विश्वका अधिकांश देशमा जस्तो नेपालमा आर्थिक असर नपरेको पनि प्रधानमन्त्री ओलीले बताए । अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष रेमिट्यान्स भित्रिएको पनि उनले उल्लेख गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top