कोरोना उपचारमा चलाइएका औषधि ‘प्रभावहीन’

३० असोज ७७, शनिबार

काठमाडौँ : विश्व स्वास्थ्य संगठनले संयोजन गरेको एक बृहत् अन्तर्राष्ट्रिय अध्ययनले कोभिड–१९ को उपचारमा प्रयोग भइरहेका औषधिको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ। सो अध्ययनले रेम्डेसिभिर, हाइड्रोक्सिक्लोरोक्विन, इन्टरफेरोपनाभिर तथा रिटोनाभिरले मृत्युदरमा अत्यन्त न्यून प्रभाव पारेको अथवा अस्पतालमा उपचाररत बिरामीलाई कुनै खास प्रभाव नपारेको निष्कर्ष निकालेको छ।

३० देशमा गरिएको सो बृहत् अध्ययनमा विश्वका चार सय अस्पतालका ११ हजार बिरामी समेटिएका थिए। यो अध्ययनअन्तर्गत यी औषधिले समग्र मृत्युदर, भेन्टिलेटरमा उपचारको प्रभाव तथा अस्पताल बसाइ अवधिजस्ता विषयलाई समेटिएको थियो। यो अध्ययनमा विश्वका १३ सय चिकित्सक सहभागी थिए। ‘विश्वको सबैभन्दा ठूलो रेन्डमाइज्ड कन्ट्रोल ट्रायल अध्ययनले यी औषधिको प्रभावकातिरताबारे ठोस प्रमाण दिएको छ, विश्व स्वास्थ्य संगठनद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ।

सोलिड्यारिटी थेरोप्युटिक्स ट्रायल नाम दिइएको सो अध्ययनको अन्तरिम नतिजा मेडिकल जर्नलमा प्रकाशनका लागि समीक्षा भइरहेको पनि डब्लुएचओले जनाएको छ। डब्लुएचओले यो बृहत् अध्ययनले महामारीका बेला पनि औषधिको प्रभावकारिताको विषयमा अन्तर्राष्ट्रिय अध्ययन गर्न सकिने प्रमाणित गरेको बताएको छ। यो अध्ययनको प्रारम्भिक नतिजा आएपछि विश्वभर यसको चर्चा सुरु भएको छ। ‘डब्लुएचओको बृहत् अध्ययनले कोभिड–१९ उपचारमा प्रयोग भएका रेम्डेसिभिर र इन्टरफेरोनको हावा खुस्किएको छ,’ विश्वको प्रमुख एकेडेमिक मेडिकल जर्नल साइन्सको अनलाइन संस्करणमा शुक्रबार प्रकाशित समाचारको शीर्षकमा भनिएको छ।

Advertisement

सो अनलाइन संस्करणलाई आफ्नो प्रतिक्रिया दिँदै डब्लुएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले भनेकी छन्, ‘रोग निको पार्ने औषधि हाम्रो चाहना हो। नतिजाबारे ज्ञानै नभई औषधि प्रयोगलाई निरन्तरता दिनुभन्दा औषधिले काम गरेको छ÷छैन, जानकारी हुनु आवश्यक छ।’ उनी सो प्रारम्भिक अध्ययन प्रतिवेदनको सहलेखिकासमेत हुन्।,यो समाचार आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top