कोरोना कहरः नेपालमा १ हजार ६० वटा परीक्षण

१८ चैत, काठमाडौँ ।
सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागु गर्ने भएको छ । कोरोना संक्रमणको पछिल्लो अवस्था हेरेर सरकारले अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागु गर्ने रणनीति लिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमण फैलावटको प्रकृति हेरेर सरकारले अनिवार्य क्वारेन्टाईनको व्यवस्था कडाईका साथ पालना गराउने विषयलाई प्राथमिकतामा राखेको बताए । हाल देखिएका संक्रमितहरु सबै मुलुकभित्रका नभई बाहिरबाट आएका व्यक्ति भएको र उनीहरुबाट परिवार लगायत नजिकको सम्पर्कमा आएका अन्यमा सरेको नदेखिएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको पनि उनले स्पष्ट पारे । उनले विदेशबाट आएकालाई अनिवार्य १४ दिन क्वारेन्टाईनमा राख्न सकेमा संक्रमण फैलनबाट सजिलै रोक्न सकिने बताए ।

त्यसैगरी शंकास्पदहरुको नमुना परीक्षणको दायरा बढाउनुको साथै अस्पतालहरुको व्यवस्थापन तयारी, फिबर क्लिनिक, आवश्यक जनशक्ति र व्यक्तिगत सुरक्षा सामाग्रीको पर्याप्ततालाई पनि सरकारले प्राथमिकतामा राखेको उनले बताए । उनले संक्रमण रोक्नकालागि लकडाउन नै प्रभावकारी उपाय भएकाले लकडाउलाई प्रभावकारी बनाउने तर्फ सरकार कडा रुपमा प्रस्तुत हुने बताए । कोभिड १९ को संक्रमण नियन्त्रणका लागि सरकारले गरेका आदेशको प्रभावकारी कार्यान्वयन गराउन गठन भएको कोभिड १९ क्राईसिम म्यानेजमेण्ट सेन्टर (निर्देशक समिति)ले विभिन्न ४ वटा समिति बनाएर काम सुरु गरिसकेको पनिउनले जानकारी दिए ।

Advertisement

पाटन र वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका तीनै जना विरामीको नमुना परीक्षण को रिपोर्ट नेगेटिभ आएको जानकारी दिदै उनले ज्वरोका विरामी देख्ने वित्तिकै नडराउन स्वास्थ्यकर्मीलाई आग्रह गरे । उनले ज्वरोका विरामीले आवश्यक उपचार नपाउँदा जटिल अवस्था श्रृजनाहुने तर्फ सजग हुन सबैलाई आग्रहगरे । उनले हरेक प्रदेशमा १ हजार ३ सय देखि २ हजार ५ सय सम्म पिपिई मौज्दात रहेको तथा स्वास्थ्य सेवा विभागमा पनि यथेष्ट मात्रामा पिपिइ मौज्दात रहेकाले उपचारमा कुनै कमि नहुने पनि स्पष्ट पारे । उनले कोरोना भाइरस संक्रमणका नयाँ आयाम तथा उपचार पद्धतिमा अपनाउनुपर्ने सर्तकता लगायत आवश्यक प्राविधिक परामर्श लिनका लागि पाटन अस्पतालबाट छिमेकी मुलुकमा रहेका प्राविधिकहरुसंग टेलिकन्फरेन्स गर्ने कामको पनि सुरुवात भएको जानकारी दिए ।

प्रवक्ता देवकोटाका अनुसार, कोरोना संक्रमणको स्वाव परीक्षण गर्नकालागि प्रदेशहरुमा प्रयोगशाला विस्तार हुने क्रममा रहेको छ । पोखरामा परीक्षण सुरु हुने क्रममा,धनगढीमा आवश्यक समान पुगेको, बुटवल र सुर्खेतमा जाने क्रममा र जनकपुरमा जादै रहेको तथा हेटौडामा त्यहाँ रहेकै मेसिन प्रयोग गर्ने गरि आवश्यक सामान पठाईएको छ । प्रवक्ता देवकोटाले मंगलबार सम्म १ हजार ६० वटा नमुना परीक्षण गरिएको ,टेकु अस्पतालमा १० जना सहित सबै प्रदेशमागरि ७७जना आइसोलेसमा राखिएको र आइसोलेसनमा रहेका सबै विरामीको स्वाव परीक्षण गरिने जानकारी दिए । अहिले सम्म कोरोना संक्रमण देखिएका मध्ये २ वटा पोजेटिभ केसको कन्ट्रयाक्ट ट्रेसिङ सकिएको र पछिल्लो २ वटाको पनि ८० प्रतिशतकाम सकिएको जानकारी पनिउनले दिए ।

Advertisement

स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहाकार डाक्टर खेम कार्कीले व्यक्तिगत सुरक्षा सामाग्रीको सही ढंगले प्रयोग गर्न चिकित्सकहरुलाई आग्रह गरे । पिपिइ लगाएर स्वास्थ्यकर्मीले सामुहिक तस्वीर खिचाएको फोटो सामाजिक सञ्जालमा आएको उल्लेख गर्दे उपचारमा अत्यन्तै महत्वपुर्ण सामाग्रीको गतल ढंगले प्रयोग नगर्न पनि उनले सुझाव दिए । ५ मिनेटमा नै कोरोना परीक्षण गर्न सकिने भन्दै प्रचार गरिएको र्यापिड टेस्ट किट विश्वसनिय नभएको भन्दै विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्नु भनेर निर्देशन दिएको उल्लेख गर्दै उनले त्यस्ता भ्रमपुर्ण प्रचारमा विश्वास नगर्न पनि आग्रह गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top