प्रदेश १ सरकारले विपन्न वर्गका लागि नि:शुल्क खाद्यान्न वितरण गर्ने

१८ चैत, विराटनगर ।
प्रदेश १ सरकारले लकडाउनको समयमा खाद्यान्नको अभाव हुन नदिने गरी लक्षित वर्गलाई निःशुल्क खाध्यान्न वितरण गर्ने भएको छ । प्रदेश १ का उद्योग मन्त्री जगदीशप्रसाद कुसियैतको संयोजकतामा प्रदेश निर्देशक समितिको निर्णय अनुसार गठन भएको दैनिक उपभोग्य बस्तु आपूर्ति व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो ।

Advertisement

दैनिक उपभोग्य बस्तुको उत्पादन गर्ने उद्योग संचालन गर्न समिति लागि परिरहेको भन्दै अति बिपन्न वर्ग,दैनिक ज्यालादारीका मजदुर लगायत भोकमरीमा पर्न सक्ने जनसंख्याको तथ्यांक संकलन गरि त्यस्तो वर्गलाई लक्षित गरि निशुल्क खाध्यान्न वितरण गर्ने बैठकले निर्णय गरेको हो ।

लकडाउनको समयमा दैनिक उपभोग्य बस्तुको आपूर्तिको लागि टोल फ्री हटलाइन टेलिफोन सेवा १६६००२१५२००८ समेत समितिले यस अघि नै जारी गरेको थियो । समितिले लकडाउनको समयमा प्रदेशबासीहरुलाई दैनिक उपभोग्य बस्तु आपूर्तिको प्रबन्ध मिलाउन सम्बन्धित आपुतिकर्ता,उद्योगी,ब्यवसायीहरुलाई सहज आपूर्ति व्यवस्थापन गर्न निर्देशन दिइरहेको छ ।

Advertisement

यस्तै बैठकले संकटको समयमा जमाखोरी,कालोबजारी, मुल्यबृद्दी लगायतका गैरकानुनी गतिबिधि हुन नदिन र तत्काल कारबाहीको व्यवस्था मिलाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकतामा जिल्ला स्तरीय अनुगमन समिति गठन गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top