×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

कोरोना महामारी रोकथाम र विपदमा नेपाली सेनाको भूमिका सह्रानीय : प्रधानमन्त्री ओली

२ कार्तिक २०७७

२ कात्तिक, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी रोकथाम र बाढी, पहिरो र डुवानजस्ता विपदमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको सह्राना गरेका छन् ।

Advertisement
Advertisement

आइतबार जंगी अड्डामा आयोजित पृतनापति समन्वयात्मक बैठकको उद्घाटनको अवसरमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री ओलीले नेपाली सेनाको संलग्नता र यसले सम्पादन गर्ने सबै काम उच्च राष्ट्रिय महत्वको हुने बताए ।

विदेशबाट हवाई र स्थलमार्ग हुँदै स्वदेश फिर्ता हुने नेपालीहरुको व्यवस्थापन कार्य, क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुको व्यवस्थापन, कोभिड–१९ सम्बन्धमा विभिन्न माध्यमबाट सेनाले गरेको जनचेतना अभिवृद्धिको काम पनि उल्लेखनीय रहेको प्रधानमन्त्री ओलीले बताएका छन् । ‘केन्द्रदेखि प्रदेश र स्थानीय सरकारहरुलाई पुर्‍याएको सहयोगको म मुक्तकण्ठले प्रशंसा गर्दछु । यस्तै कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका नागरिकको अन्तिम संस्कार गर्ने सैनिक जवानहरुको कार्यको पनि नेपाल सरकार उच्च प्रशंसा गर्दछ,’ प्रधानमन्त्री ओलीले भने ।

रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उनले प्रधान सेनापति, रक्षा सचिव, बलाधिकृत एवं निमित्त बलाध्यक्ष, आठवटै पृतनाका पृतनापतिहरु र अन्य रथीबृन्द तथा अधिकृतहरु सामेल उक्त समारोहलाई  भर्चुअल माध्यमबाट सम्बोधन गरेका हुन् ।

कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका नागरिकको अन्तिम संस्कार गर्ने सैनिक जवानहरुको कार्यको पनि प्रशंसा गरेका छन् । ‘सायद समयमै सेनाले यस कार्यलाई सहर्ष कार्यान्वयन गर्ने कार्य सुरु नगरेको भए यसमा थुप्रै अप्ठ्याराहरु सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्थ्यो’ उनले भनेका छन् ।

प्रधानमन्त्री ओलीले सेनाको इतिहास जति गर्विलो छ, यसको वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय रहेको पनि बताएका छन् । नेपाल सरकारले गत आर्थिक वर्षबाट थालनी गरेको कार्यसम्पादन सम्झौता कार्यान्वयनको प्रतिवेदनलाई हेर्दा नेपाली सेनाको कार्यसम्पादन उत्साहजनक रहेको पनि उनले बताएका छन् ।

अहिले कोरोना महामारीको समयमा सेनाका केही कार्यक्रमहरु अपेक्षाकृत रुपमा सम्बोधन हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले परिस्थितिमा सुधार भई थप बजेट निकासा गर्न सकिने सम्भावना भएमा सेनाका प्रभावित कार्यक्रम प्राथमिकतामा राख्न विशेष पहल गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

सिन्धुपाल्चोक जिल्लामा हालै स्थानीय जनताको सुरक्षाको लागि सम्पन्न ‘अपरेसन नाम्फा जोगाउ’ को सफलताको लागि पनि प्रधानमन्त्रीले सरकारको तर्फबाट उच्च मूल्याङ्कन गरेको बताए ।

अहिले विभिन्न आवरणमा जातीय, भाषिक, धार्मिक र क्षेत्रीय आधारमा साम्प्रदायिक भावना फैलाउन खोज्ने र जनतामा विभाजन ल्याउन उद्यत तत्वहरु सक्रिय भएको उनले टिप्पणी गरेका छन् । राष्ट्रिय एकतामा बिग्रह ल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न क्रियाशील व्यक्ति वा समूहहरु राष्ट्रिय सुरक्षाका प्रमुख चुनौती भएको उनले बताएका छन् ।

प्रधानमन्त्री ओलीले काठमाडौं–तराई र मधेस द्रूतमार्ग सडक आयोजनाको लक्ष्यबमोजिम कार्य सम्पन्न गर्नेतर्फ नेपाली सेनाको थप ध्यानकेन्द्रित हुनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय कन्सल्टेन्ट छनोट भइसकेको भन्दै उने अब लक्ष्‍य अनुसार सेनाले ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

त्यस्तै नेपाली सेनाको जिम्मेवारीमा रहेको दार्चुला–टिङ्कर खण्ड तथा संखुवासभा–किमाथांका सडक निर्माण पनि सेनाले तदारुकताका साथ सम्पन्न गर्नुपर्ने प्रधानमन्त्रीले बताएका छन् ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ :

प्रधान सेनापतिज्यू,
रक्षा सचिवज्यू,
बलाधिकृत एवं निमित्त बलाध्यक्ष,
आठवटै पृतनाका पृतनापतिहरु,
उपस्थित अन्य रथीबृन्द तथा अधिकृतहरु,

१. जंगी अड्डामा आयोजित यस पृतनापति समन्वयात्मक बैठकको समुद्घाटनको अवसरमा प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्नु भएकोमा प्रधानसेनापतिज्यू तथा सम्पूर्ण नेपाली सेनालाई हार्दिक धन्यबाद व्यक्त गर्दछु ।

२. राष्ट्रिय सुरक्षा एक संवेदनशील र गहन विषय हो । यस विषयमा निरन्तर अनुसन्धान, छलफल र अन्तक्र्रिया भइरहनु आवश्यक हुन्छ । नेपाली सेनामा रणनीतिक तहमा सञ्चालन हुने यस किसिमको अन्तक्र्रियात्मक बैठक राष्ट्रिय सुरक्षाका चुनौतीहरु पहिल्याउन महत्वपूर्ण हुन्छ । यस क्रममा हुने छलफल र यसका निष्कर्षहरु नेपाली सेनाको सञ्चालनका सन्दर्भमा उपयुक्त हुनेछन् । मूलतः बैठकका निष्कर्षहरु फिल्डमा रहेका पृतना, बाहिनी, गण तथा गुल्महरुका लागि मार्गदर्शन हुनेछन् ।

३. नेपाली सेनाको संलग्नता र यसले सम्पादन गर्ने सबै कार्यहरु उच्च राष्ट्रिय महत्वका हुने गर्दछन् । वास्तवमा सेनाले सम्पन्न गरेका सबै कार्यहरु राष्ट्रिय उपलब्धिहरु हुन् । कोभिड–१९ रोकथाम, प्रतिकार्य र नियन्त्रणको कार्य तथा बाढी, पहिरो र डुबानजस्ता विपद्को अवस्थामा निर्वाह गर्दै आएको भूमिका लगायत सिन्धुपाल्चोक जिल्लामा हालसालै स्थानीय जनताको सुरक्षाको लागि सम्पन्न गरेको ‘अपरेसन नाम्फा जोगाउ’ को सफलताको लागि म नेपाल सरकारको तर्फबाट उच्च मूल्याङ्कन गर्दछु । त्यसैगरी कोभिड–१९ विरुद्धको राष्ट्रिय लडाईमा नेपाली सेनाले केन्द्रदेखि प्रदेश र स्थानीय सरकारहरुलाई पुर्‍याएको सहयोगको म मुक्तकण्ठले प्रशंसा गर्दछु । वस्तुतः विदेशबाट हवाई र स्थलमार्ग हुँदै स्वदेश फिर्ता हुने नेपालीहरुको सम्पूर्ण व्यवस्थापन कार्य, क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुको व्यवस्थापन, कोभिड–१९ सम्बन्धमा विभिन्न माध्यमबाट गर्दै आएको जनचेतना अभिबृद्धि कार्य समेत उल्लेखनीय छन् । कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका नागरिकको अन्तिम संस्कार गर्ने सैनिक जवानहरुको कार्यको पनि नेपाल सरकार उच्च प्रशंसा गर्दछ । सायद समयमै सेनाले यस कार्यलाई सहर्ष कार्यान्वयन गर्ने कार्य सुरु नगरेको भए यसमा थुप्रै अप्ठ्याराहरु सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्थ्यो । यसैगरी कठीन भूगोल र प्रतिकूल मौसमका बावजुद छोटो अवधिमा नै दार्चुला जिल्लाको छाङ्रुमा घोडेटो बाटो पनि नेपाली सेनाले निर्माण सम्पन्न गरी हालै हस्तान्तरण गरेको छ । त्यसैले सेनाको इतिहास जति गर्विलो छ, यसको वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छ । सरकार प्रमुखका हैसियतले नेपाली सेनाका सम्पूर्ण जवानहरुको कर्तव्यपरायणता, राष्ट्रप्रतिको बफादारिता, देशभक्ति र समर्पण मेरो लागि पनि गर्वको विषय हो ।

४. मैले सरकारको नेतृत्व गरेको करिब ३ वर्षको कार्यकालमा नेपाली सेनाबाट राष्ट्रिय महत्व बोकेका धेरै कार्यहरु भएका छन् । नेपाल सरकारले गत आर्थिक वर्षबाट थालनी गरेको कार्यसम्पादन सम्झौता कार्यान्वयनको प्रतिवेदनलाई हेर्दा नेपाली सेनाको कार्यसम्पादन उत्साहजनक रहेको छ । कोभिड–१९ बाट सिर्जित असहज परिस्थितिमा यस आर्थिक वर्षमा हाम्रा केही कार्यक्रमहरु अपेक्षाकृत रुपमा सम्बोधन हुन नसकेको वास्तविकता मैले बुझेको छु । मैले यहाँ यो कुरा किन उठान गरेको हुँ भने कोभिड–१९ महामारीको परिस्थितिमा सुधार भई थप बजेट निकासा गर्न सकिने सम्भावना सिर्जना भएको अवस्थामा हाम्रा प्रभावित कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न मेरो विशेष पहल रहने तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु । त्यसैगरी हालका दिनहरुमा नेपाली सेनाले थुप्रै पहलकदमी लिएको छ र यसै सिलसिलामा मैले जङ्गी अड्डाबाट महत्वपूर्ण ब्रिफिङहरु सुन्ने तथा सैनिक अन्तक्र्रिया गर्ने अवसर पाएँ र नेपाली सेनालाई थप बुझ्ने अवसर पाएको छु । त्यसका निमित्त तपाईंहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

प्रधान सेनापतिज्यू, रथीबृन्द तथा अधिकृतहरु

५. संविधान निर्माण र यसको कार्यान्वयनले देशमा स्थिरता र स्थायित्वको अनुभूति भएको छ । लामो समयपछि राष्ट्रले एउटा निश्चित दिशा लिएको छ । स्थायित्वसँगै लक्षित ‘समृद्ध नेपाल, सुखी नेपाली’ हाम्रो राष्ट्रिय आकांक्षा हो । अहिले हामी कोभिड–१९को विश्वव्यापी महामारीको असहज परिस्थितिसँग जुधिरहेका छौं । यस महामारी तथा यसका सामाजिक, आर्थिक र मनोवैज्ञानिक असरहरुलाई चाँडै परास्त गर्नु हाम्रो अहिलेको आवश्यकता हो । त्यसपछि राष्ट्रलाई समृद्धिको यात्रामा अग्रसर गराई बढ्दो जनआकांक्षा पूरा गर्नुपर्ने चुनौती हाम्रा सामु छ ।

६. विद्यमान अन्तर्राष्ट्रिय परिवेश तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्न हुन सक्ने परिस्थिति, सुरक्षा खतरा र चुनौतिहरुका बावजुद एकातिर पूर्वाधार निर्माण, आर्थिक स्थिरता एवम् विकास तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सम्बोधनका आवश्यकताहरु तत्कालीन चुनौतिका रुपमा टड्कारो देखिएका छन् । अर्कातर्फ, विभिन्न आवरणमा जातीय, भाषिक, धार्मिक र क्षेत्रीय आधारमा साम्प्रदायिक भावना फैलाउन खोज्ने र जनतामा विभाजन ल्याउन उद्यत तत्वहरु निरन्तर सक्रिय रहँदै आएका छन् । तसर्थः राष्ट्रिय एकतामा बिग्रह ल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न क्रियाशील व्यक्ति वा समूहहरु राष्ट्रिय सुरक्षाका प्रमुख चुनौति हुन् । यसैगरी नेपाली सेनाभित्रै हुनसक्ने घुसपैठ सम्बन्धमा पनि नेपाली सेना चनाखो हुनुपर्दछ । विशेषतः उच्च नेतृत्व वर्ग सचेत रहनु पर्दछ भन्ने सन्देश प्रवाह गर्न चाहन्छु ।

७. नेपाली सेनाको व्यवस्थापनमा रहेको राष्ट्रिय गौरवको काठमाडौं तराई मधेस द्रूतमार्ग गत आवमा विभिन्न बाधा अड्चन आए तापनि अन्तर्राष्ट्रिय कन्सल्टेन्ट छनोट कार्य सम्पन्न भइसकेको परिप्रेक्ष्यमा काठमाडौं–तराई र मधेस द्रूतमार्ग सडक आयोजनाको लक्ष्यबमोजिम कार्य सम्पन्न गर्नेतर्फ नेपाली सेनाको थप ध्यानकेन्द्रित हुनुपर्ने मैले देखेको छु । साथै, दूर्गम क्षेत्रहरुलाई सडक सञ्जालले जोड्ने नेपाल सरकारको लक्ष्य हासिल गर्ने कार्यमा नेपाली सेनाको जिम्मेवारीमा रहेको दार्चुला–टिङ्कर खण्ड तथा संखुवासभा–किमाथांका सडक निर्माणको कार्यमा पनि नेपाली सेनाले तदारुकताका साथ कार्यसम्पन्न गर्नेछ भन्ने विश्वास मैले लिएको छु । तपाईंहरुको उक्त जिम्मेवारीमा अपेक्षाकृत प्रगति हासिल गर्न रक्षा मन्त्रालय, सम्बद्ध मन्त्रालय तथा नेपाल सरकारको पूर्ण सहयोग रहने छ ।

प्रधान सेनापतिज्यू, रथीबृन्द तथा अधिकृतहरु

८. नेपाली सेनाको निर्दिष्ट संवैधानिक दायित्वहरु सम्पादन गर्न तथा राष्ट्रिय हितलाई सम्बद्र्धन गर्न नेपाली सेनालाई समयसापेक्ष आधुनिकीकरण गर्दै लैजानु पर्दछ । नेपाली सेनाले तयार गरेको नेपाली सेनाको दीर्घकालीन सोच– २०८७, पुनर्संरचना योजना तथा नेपाली सेनाको अपरेशनल अवधारणासम्बन्धी प्रस्ताव सम्बन्धमा नेपाल सरकार अत्यन्त सकारात्मक रहेको जानकारी गराउँदछु । साथै, राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन योजना तयार भइसकेको छ । उक्त नीति तथा कार्यान्वयन योजनाबमोजिम राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न रक्षा मन्त्रालयले अन्य मन्त्रालयहरुसँग पनि समन्वय गरी विशेष रणनीति लिनेछ । साथै, रक्षा मन्त्रालयमा अध्ययनको अवस्थामा रहेको प्रतिरक्षा नीति छिट्टै स्वीकृत हुनेछ र तत्पश्चात् कार्यान्वयनमा लैजाने विषय अब हाम्रो प्राथमिकतामा रहेको छ । साथै जङ्गी अड्डाबाट प्राप्त सैनिक ऐन, २०६३ संशोधनको मस्यौदा पनि अध्ययन गरी निकट भविष्यमा नै स्वीकृत गराउनेतर्फ हामी अग्रसर हुनेछौं ।

९. संगठन सञ्चालनमा प्रधान सेनापतिज्यूले शुरु गर्नु भएको सेना रुपान्तरणका विविध कार्यक्रमहरु, आर्थिक सुशासन तथा प्रणाली र पद्धति स्थापना गर्ने सम्बन्धी व्यवस्था प्रशंसनीय रहेको छ । सेनाभित्र पारदर्शिता र इमान्दारिताको अभ्यास स्थापित हुँदै गएको मैले पाएको छु । वर्तमान प्रधान सेनापतिज्यूले यसलाई थप सुदृढ बनाउँदै लैजाने योजना अघि सार्नु भएको छ । त्यस कार्यमा मेरो व्यक्तिगत तथा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग रहने म तपाईंहरुलाई जानकारी गराउन चाहन्छु । प्रधान सेनापतिज्यूको पहलकदमीमा पीएसओज्, रथीबृन्द, पृतनापतिहरु लगायतका रथीबृन्दहरुको योगदानको पनि प्रशंसा गर्न चाहन्छु । तपाईंहरुको अनुभव, इमान र विभागीय योगदानबाट नै मातहतका फौजको हौसला र मनोबल उच्च हुनेछ भने नेपाली सेनाप्रति नेपाली जनताको विश्वास तथा सेनाको ओज र विश्वसनीयता बढ्ने कुरामा तपाईंहरु सचेत हुनुहुन्छ भन्ने मलाई लाग्दछ । नेपाली सेनाको जग भनेको सिपाही अर्थात् नेपाली सेनाका सकल दर्जाहरु नै हुन् ।
अहिले नेपाली सेनाका सकल दर्जामा नयाँ ऊर्जा हासिल भएको र अब सेनामा सुधार हुन्छ भन्ने आशा पलाएको मैले अनुभूत गरेको छु । अब राष्ट्रिय भावना र देशभक्तिपूर्ण कार्यमा नेपाली सेना थप जागृत हुने मेरो विश्वास छ । निर्माण हुँदै गएको प्रणाली र पद्धतिलाई दीगो बनाउने र निरन्तरता दिने कार्य अब तपाईंहरु सबै पृतनापतिहरु तथा विभागीय प्रमुखहरुको प्राथमिकतामा पर्नु पर्दछ ।

१०.अन्त्यमा, यस पृतनापति समन्वयात्मक बैठक ठोस निष्कर्षसहित भावी दिशा र कार्यनीति पहिल्याउन सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।

Advertisement

११. यस कार्यक्रमको समुद्घाटनको अवसरमा प्रमुख अतिथिका रुपमा आमन्त्रण गरी आफ्नो भनाइ राख्ने अवसर प्रदान गर्नु भएकोमा पुनः प्रधान सेनापतिज्यू तथा सम्पूर्ण नेपाली सेनाप्रति आभार व्यक्त गर्न चाहन्छु । साथै, मुखैमा आएका हाम्रा महान चाडहरु बडा दशैं, तिहार, छठ लगायत यस वर्ष विशिष्टरुपमा मनाइने सम्पूर्ण चाडपर्वहरुको उपलक्ष्यमा रक्षा मन्त्रालय तथा मेरो व्यक्तिगत तर्फबाट स्वदेश एवं शान्ति सैनिकका रुपमा विदेशमा कार्यरत नेपाली सेनाका सकल सिपाहीहरुमा, ‘हामी सबैभन्दा पहिला नेपालका सिपाहीहरु’ मा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।
धन्यवाद ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top