×

NEPAL TIMES UPDATES

Playing
अमेरिकी दबाब र Tehranको अडानबीच Iran को आणविक भविष्य के होला ? || Nepal Times
May 13, 2026
Playing
संसद्मा बालेनलाई लिएर महाभारत,बादलले बोलेको हटेपछि आक्रोश|| Nepal Times
May 13, 2026
Playing
Top 15 Afternoon News || May-13-2026 || Nepal Times
May 13, 2026
Playing
२२ बाट १८ मा झर्‍यो मन्त्रालयहरुको संख्या|| Nepal Times
May 13, 2026
Playing
बालेनमा दुई तिहाइको अहंकार नदेखियोस् || Nepal Times
May 13, 2026
Playing
UAE पछि साउदीले पनि Iran माथि गोप्य आ*क्र*मण गरेको खुलासा || Nepal Times
May 13, 2026
Playing
के राष्ट्रपतिले रोक्न खोजेकै अध्यादेश अब खारेज हुन्छ? || Nepal Times
May 13, 2026
Playing
सरकारलाई अप्ठ्यारो पार्ने सपना–कुमार–हरिको रणनीति|| Nepal Times
May 13, 2026
Playing
विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ || Nepal Times
May 13, 2026
Playing
२ हप्तासम्म दैनिक पानी पर्ने, अवरुद्ध राजमार्गहरुको अवस्था के छ ?|| Nepal Times
May 13, 2026

कोरोना रोकथाममा सरकारले प्रभावकारी काम नगरेको सांसदहरुको आरोप

२५ जेष्ठ २०७७

२५ जेष्ठ, काठमाडौँ ।
कोरोना रोकथाम तथा नियन्त्रणको काममा सरकारले प्रभावकारी काम गर्न नसकेको राष्ट्रिय सभा सदस्यहरुले टिप्पणी गरेका छन् ।

संघीय संसद राष्ट्रिय सभाको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले सरकारले १० अर्ब खर्च गरिसक्दा पनि प्रभावकारी काम गर्न नसकेको बताएका छन् । उनीहरुले विदेशबाट प्लेनमा आउने नागरिक र भारतबाट आउने नागरिकहरुबीच असमान व्यवहार गरिएको बताएका छन् ।

Advertisement
Advertisement

यस्तै लकडाउनका कारण पीडित बनेका श्रमिकहरु वर्गको हितमा सरकारले कुनै काम नगरेको समेत उनीहरुले बताएका छन् । राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले लकडाउनको अवस्थामा जोताएर खाने र जोतिएर खाने वर्ग दुर्वै पीडित बनेको बताए । लकडाउनका कारण दैनिक कमाई खाने वर्गलाई लकडाउनले सबैभन्दा ठूलो असर परेको तर सरकारको ध्यान त्यतातिर जान नसकेको बताए ।

उनले भने ‘जोताएर खाने एउटा वर्ग, जोतिएर खाने अर्को वर्ग, जोताएर खाने वर्ग र जोतिएर खाने वर्ग दुवै अहिले पीडित छन् । दैनिक कमाई गरेर खर्च गर्ने एकथरी, महिनादिन कमाएर खर्च धान्ने एकथरी, संगठित संस्थाका श्रमिकहरु र असंगठित संस्थाका श्रमिकहरुको बिचमा डाइभर, खलासी, भरिया र किसान इत्यादिलाई लकडाउनले ठूलो भन्दा ठूलो असर प¥यो ।

सरकरको ध्यान त्यता अलिबढी जानु प¥यो अहिले गएको पुगेन ।’ उनले किसानले उत्पादनको विक्री नहुने, अस्पताल पुगेको छैन, औषधि छैन, मेसिन नभएर जाँचन सकिएको छैन, स्वास्थ्यकर्मीको अभाग छ अनेक व्यवस्थामा अव्यवस्थै अव्यवस्था भएको बताए ।

प्रदेश सरकारलाई बाँदरको पुच्छर जस्तो बनाउन खोजिएको विडारीले बताए । उनले कोरोना रोकथामका लागि प्रदेश सकरारले कुनै काम नगर्ने तर गाडि किन्न तम्सिने गरेकाले बाँदरको पुच्छर जस्तो काम नलाग्ने भएको र विस्तारै हराउँदै जाने खतरा बढेको बताए ।

उनले भने ‘तीन तहको सरकार मध्ये एउटा सरकार धेरै सक्रिय भएको देखिएन् । डार्विनको सिद्धान्त अनुसार विकास वादि सिद्धान्त, थेउरी अफ इभोलुसनको सिद्धान्त अनुसार जुन अंगले काम धेरै गर्दैन त्यो अंग विस्तारै लोप भएर जान्छ । यस्तै भयो कि प्रदेश सरकारको ।

प्रदेश सरकारलाई सक्रिय बनाउन किन सकिएन?यदि सक्रिय बनाउन सकिएन भने मलाई मलाई चिन्ता प¥यो संघीयतामा आँच आउने भयो । त्यसैले महँगा गाडि किन्यो रे प्रदेशले महँगा गाडि किन्यो रे सरकारले विभिन्न सुविधा थप्यो रे सरकारले यस्तो प्रकारका समाचारहरु व्यापक रुपमा आइरहेका छन् ।

यो बेला विलाशिताको सामान किन्ने बेला होइन् । उपचारमा सक्रियता चाहियो । नत्र उपयोगहिन अंग लोप हुन्छ । बाँदरको पुच्छर लौरो न हतियार भनेको टेक्न पनि नहुने कुटन पनि नहुने अनि त्यो पुच्छर विस्तारै लोप भयो भनेजस्तै अहिलेको सरकार मध्ये प्रदेश सरकारलाई त्यस्तै बनाउन खोजिएको हो की कसो हो ? यसको जवाफ चाहियो ।

’नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की शारदादेवी भट्टले सरकारले प्लेन चढेर आउने नागरिक र खुल्ला नाकाबाट आउने नागरिकलाई असमान व्यवहार देखाएको आरोप लगाउनु भएको छ । उहाँले प्लेन चढेर आउने नागरिकलाई सुरक्षाकर्मीले स्कटीङ गर्ने तर भारतबाट आउने नागरिकलाई भेडाबाख्रा कोचेजस्तो गरी क्वारेनटाइनमा राखी असमान व्यवहार गरेको बताइन ।

उनले भने ‘दुवै र बर्माबाट प्लेन चढेर आएकालाई पुलिसको स्कटिङको साथ ल्याइने र भारतबाट आउने जनतालाई अपमानजनक तरिकाले एउटै ठाउँमा भेडाबाख्रा जस्तै कोचेर राखेर असमान व्यवहार देखाउनु कत्तिको उचित हो । उनले क्वारेन्टाइनमा रहेका नागरिकलाई पीसीआर नगरी घर पठाउने काम गर्न नहुने बताए ।

उनले मरेपछि पीसीआर गर्नुको कुनै अर्थ नहुने समेत बताए । राष्ट्रिय जनता पार्टीका शेखर कुमार सिंहले लकडाउन खुकुलो गर्ने विषयमा सरकारले सीमा क्षेत्रमा रहेका जिल्लाहरुको स्थिति अध्ययन गरी खुकुलो बनाउनु पर्ने बताए । सीमामा आउने नेपालीहरु सबैको पीसीआर परीक्षण गर्न सम्भव नभएकाले अहिले नै सबै जिल्लामा लकडाउन खुल्ला गर्न नहुने बताए ।

राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले सरकार पीसीहार टेस्ट बढाउन र क्वारेन्टाइनको गुणस्तर बढाउन ध्यान नदिएर कार्पेट फेर्न तिर करोडौं रुपैयाँखर्च गर्न लागिरहेको बताए । मन्त्रीहरुको निवासमा जिमखाना खोल्न तर्फ सरकरको ध्यान गएको बताए ।

उनले भने ‘सरकार कहाँ लागेको छ पीसीआर टेस्ट बढाउनु पर्ने, क्वारेन्टाइनको अवस्था भद्रगोल छ त्यतातिर ध्यानदिएर सरकार कार्पेट फेर्न तिर करोडौं रुपैयाँखर्च गरिरहेको छ । मन्त्र्रीहरुको केलेस्ट्रोल नबढोस, सुगरलेभल नबढोस, ब्लड प्रेसर नियन्त्रणमा रहोस भनेर जिमखाना मन्त्री निवासमा खोल्न तिर लागिपरेको छ यसलाई के भन्ने ।’ उनले सरकारले गोठ जस्तो क्वारेन्टाइनको बनाई १० अर्ब रुपैयाँ खर्ब देखाएको बताए ।

Advertisement
Advertisement

रोगले १३ जना मर्दै गर्दा भोकले मान्छेहरु मर्न लागेको बताए । उनले सरकार मन्त्रीहरुको मात्रै सरकार नभएर मलर सदाय र भोकले मर्ने विरेन्द्र यादवको समेत सरकार भएको बताए । अभिभावक बनेको सरकारले मन्त्रीहरुको कोलेस्ट्रेल र सुगरलेभल घटाउनको लागि जिमखाना बनाउने तर जनता भोकभोकै एक छाक खान नपाएर मृत्युवरण गर्न दिने सरकारलाई के भन्ने भन्दै प्रश्नगरे ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top