×

NEPAL TIMES UPDATES

Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026

मर्यादामा रहेर मन्तब्य दिन सभामुखको रुलिङ

२५ जेष्ठ २०७७

२५ जेष्ठ, काठमाडौँ ।
प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले संसदीय गरिमा र मर्यादामा रहेर मन्तव्य दिन सांसहरुलाई रुलिङ्ग गरेका छन् ।

सांसदहरुले बोल्ने क्रममा एक अर्कालाई आरोप प्रत्यारोप गर्ने सिलसिला संसद बैठकमा बढ्दै जान थालेपछि प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख सापकोटाले संसदीय मर्यादालाई पालना गर्न सांसदहरुलाई रुलिङ्ग गरे । उनले भने “माननीय सदस्यहरुले बोल्ने क्रममा आरोप प्रत्यारोप जस्तो भईरहेको छ ।

Advertisement
Advertisement

त्यसकारण म नियमावलिको २१ को ‘ङ’ तिर सबै माननीय सदस्यहरुको ध्यानाकषर््ाण गराउन चाहन्छु । हामीले सबैको बुद्धि विवेक लगाएर असाध्यै जोखिम पुर्ण समयमा पनि सदन चलाईरहेका छौ । राष्ट्रिय महत्वका विषयमा हामी निष्कर्षमा पुग्नु पर्ने आवश्यकता छ ।

एउटा शक्तिशाली संदेश दिन सफलतामा गईरहेको बेलामा व्यक्तिगत टिकाटिप्पणी आरोप प्रत्यारोप तिर नजाऔ । विषय उठिसकेको छ । मैले रुलिङ पनि गरिसकेको छु । सबै विवरणहरु हामी पल्टाएर हेर्नेछौ । ”

नियमावलिको नियम २१ को ‘ङ’ मा “अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न नहुने” उल्लेख छ ।

नियम २१ क अन्य वुँदामा छलफलमा भाग लिने सदस्यले पालना गर्नुपर्ने नियमहरु छन् । साथै सांसहरुले गर्न हुने र नहुने विषयको सूची पनि छ । राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले हिन्दी भाषा बोल्नेप्रति संसदमा अपमान गरिएको भन्दै जेठ १९ गतेको प्रसंग उठाएपछि सभामुखले ती विषयमा प्रवेश नगर्न सचेत गराएका थिए ।

सभामुखले भने “माननीय सदस्य त्यो विषयमा मैले रुलिङ गरिसकेको छु । म सबै विवरण लिएर छानविन गर्छु । म कार्यव्यवस्था परामर्श समितिमा राख्छु । त्यो विषयमा तपाई प्रवेश नगर्नु होला । माननीय सदस्य ज्यू मैले भनिसकेको छु । संसदमा त्यो विषय नदोहोर्याउनु होला । दुवै थरीले मलाई भन्नु भएको छ ।

Advertisement

त्यसकारण मैले लाईन काट्नुपर्ने हुन सक्छ । त्यो विषयमा नजानुहोला । ”

भर्खरको समाचार

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

सम्बन्धित खबरहरु

Scroll to Top