कोरोना विरुद्ध राज्य मुखदर्शक : विवेकशील साझा पार्टी

१८ बैशाख, काठमाडौं । विवेकशील साझा पार्टीले कोरोना संक्रमितका उपचारका लागि सरकारले बेड उपलब्ध गराउन नसकेको भन्दै आक्रोस व्यक्त गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै विवेकशील साझाले कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हर सम्भव उपाय लगाउनुपर्नेमा सरकार गम्भीर नभएको भन्दै आक्रोस व्यक्त गरेको हो ।

पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी गरिएको विज्ञप्तिमा विवेशशील साझाले सरकारलाई कोरोना संक्रमण नियन्त्रणका लागि ६ बुँदे सुझाव दिएको छ । साथै,विवेकशील साझा पार्टीले आफ्ना सदस्य तथा शुभेच्छुकहरूलाई कोरोनाविरुद्धको संघर्षमा राज्यलाई आवश्यक यथासम्भव सहयोग गर्न समत आग्रह गरेको छ।

Advertisement

सरकारलाई विवेकशील साझाको ६ बुँदे सुझाव

१.काठमाडौँ उपत्यकासहित देशका प्रमुख शहरहरूका निजी अस्पतालमा समेत कोरोना सङ्क्रमितको उपचारको व्यवस्था तथा निजी अस्पतालसँग सम्बद्ध जनशक्ति तथा स्रोत साधनको समुचित प्रयोग गर्न ।
२.नेपाली सेना र प्रहरीसमेतको सहयोग लिएर कोरोनाबाट प्रभावित सबै क्षेत्रमा अस्थायी उपचार केन्द्रहरूको तत्काल स्थापना गर्न ।
३. सेना र प्रहरीकासहित देशभित्र र देशबाहिर रहेका सबै सेवा निवृत्त चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई बिरामीको उपचार सेवामा स्वयंसेवी भई सहयोग गर्न अपील ।
४.मित्र राष्ट्रहरू खास गरी चीनसँग विपद् व्यवस्थापन विज्ञ टोलीदेखि अक्सिजन, भेन्टिलेटर, पीपीई जस्ता आवश्यक सामग्री सहयोगको अपील ।
५.हाल रोकिएको कोभिड–१९ विरुद्धको खोप कार्यक्रम व्यवस्थित बनाएर तत्काल पुनः सञ्चालन ।
६. निषेधाज्ञा अवधि लम्ब्याउनुपर्ने अवस्था आइपरे श्रमिक तथा दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न वर्ग विगतमा जस्तै खानै नपाउने गरी समस्यामा पर्ने हुनाले त्यस्तो स्थिति आउन नदिन अहिलेदेखि नै आवश्यक तयारी ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

सम्बन्धित समाचार

Scroll to Top